समता माइक्रोफाइनान्स र सिनर्जी हाइड्रोको आईपिओ बाँडफाँड मिति तय 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 15, 2017 | 01:37:38 AM मा प्रकाशित

laxmi  sunrise bank

समता माइक्रोफाइनान्स र सिनर्जी हाइड्रोको आईपिओ बाँडफाँड मिति तय भएको छ । 

एनआईबिएल क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार  फागुन ४ गते बुधबार समता माइक्रोफाइनान्सको आइपीओ बाँडफाँड हुने भएको छ। आईपिओ क्यापिटलको लाजिम्पाटमा रहेको कार्यालयमा १० बजेपछि बाँडफाँड हुनेछ । माइक्रोफाइनान्सले जारी गरेको ९४ लाख ८० हजार रुपैयाँ बराबरको नयाँ सेयर (आइपीओ) मा २९ हजार २ सय आवेदकबाट १ अर्ब ८७ करोडको आबेदन परेको थियो।  

त्यस्तै सिनर्जी हाइड्रोको आइपीओ बाँडफाँड फागुन ५ गते बिहिबार हुनेछ । आईपिओ बिक्रि प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्साल नारायणचौरमा १० बजेपछि  बाँडफाँड हुने छ । 

सिनर्जीले जारि गरेको २१ करोड रुपैयाँ बराबरको नयाँ सेयर (आइपीओ) मा १ लाख २८ हजार बढी आवेदकबाट ६ अर्ब ८१ करोड रुपैयाँ बराबरको आबेदन परेको थियो।

गत साता मात्रै नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्स र फरवार्ड माइक्रोफाइनान्स लिमिटेडका बिक्रि प्रबन्धकलाई फागुन १३ भित्र नयाँ सेयर बाँडफाँड गर्न निर्देशन दिएको छ। यी ४ वटै संस्थाहरुको साधारण सेयर बाँडफाँड पश्चात बैंकिङ प्रणालीमा अबको २० दिन भित्र ५ लाख २७ हजार २ सय लगानीकर्ताबाट करिब ६७ अर्ब ५४ करोड रुपैयाँ आउँने छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved