रातो भएर बन्द भयो तिब्र उतारचढाव देखिएको बजार, १० प्रतिशतले बढ्यो ३ कम्पनीको शेयर मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 15, 2017 | 02:11:44 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन मंगलबार बजार परिसूचक सामान्य अंकले घटेको छ भने अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । सोमबार २ सातापछि बजार परिसूचक नेप्सेमा हरियाली देखिएको भएपनी मंगलबार त्यसले निरन्तरता पाउन सकेन ।

मंगलबार नेप्से ४.०१ अंकले घटेर १२७४.९७ को बिन्दुमा रोकिएको छ । आज कारोबारमा  आएका  १३७ कम्पनीका १० लाख ११ हजार ६ सय ८५ कित्ता सेयर खरिद बिक्रिबाट ४०  करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

आजको कारोबारमा आएका सूचक मध्ये होटेल्स र डेभलपमेन्ट बैंक बाहेकका सूचक घटेका छन् । 

कारोबारमा आएका कम्पनीहरु मध्ये प्रभु बैंकको सबै भन्दा धेरै २  करोड ७२  लाख रुपैयाँको कारोबार भएको छ। अन्य बढी कारोबार हुने कम्पनीहरुमा नेपाल बंगलादेश बैंक , नेपाल इन्भेस्टमेन्ट बैंक, लक्ष्मी बैंक, शिखर इन्स्योरेन्स रहेका छन। 

आजको कारोबारमा कमाउनेमा कालिका माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, सगरमाथा इन्स्योरेन्स , वोमी माइक्रोफाईनान्स, हाम्रो विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । आज कालिका माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, सगरमाथा इन्स्योरेन्स र  वोमी माइक्रोफाईनान्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ । 

त्यस्तै गुमाउनेमा दिब्यश्वरी हाइड्रो, नागबेली लघुबित्त, युनाइटेड इन्स्योरेन्स, सहारा विकास बैंक, डिप्रोक्स डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved