भार्गवको शत प्रतिशत हकप्रदको लागि बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 15, 2017 | 02:42:02 AM मा प्रकाशित

laxmi  sunrise bank

भार्गव विकास बैंकको शत प्रतिशत हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय भएको छ । बैंकले पुस २९ गते धितोपत्र बोर्डबाट १२ लाख कित्ता हकप्रद निष्काशनको लागि अनुमति पाएको थियो ।

बैंकले हकप्रद निष्काशन प्रयोजनको लागि फागुन १२ गते सेयरधनी दर्ता पुस्तिका बन्द हुने जनाएको छ । अर्थात् फागुन ११ सम्म कायम शेयरधनीले हकप्रद प्राप्त गर्ने छन्  । एनआईबिएल क्यप्तल मार्केट्स हकप्रद निस्काशनको लागि बिक्रि प्रबन्धक रहेको छ । 

 बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १ करोड ८ लाख खुद नाफा कमाएको थियो । हाल बैंकको चुक्ता पुंजी १४ करोड ४० लाख रहेको छ ।  शत प्रतिशत हकप्रद निष्काशनपछि बैंकको चुक्तापुंजी २६ करोड ४० लाख पुग्ने छ ।

१ देखि ३ जिल्ले विकास बैंकले २०७४ असार मसान्तसम्म चुक्ता पुंजी ५० करोड पुर्याउनु पर्ने हुन्छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved