शिखर इन्स्योरेन्सले एफपिओ निष्काशन गर्ने, अनुमति माग्दै बोर्डमा निबेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 15, 2017 | 03:01:40 AM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले फर्दर पब्लिक अफरिङ,  एफपीओ  निष्काशनको लागि प्रक्रिया अगाडी बढाएको छ  । कम्पनीले १३ लाख ६२ हजार ७ सय ८१ कित्ता एफपिओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो।  

बोर्डका अनुसार कम्पनीले फागुन २ मा निवेदन दिएको हो । एफपिओ निष्काशनको लागि एनआईबिएल क्यापिटल मार्केटस् बिक्रि प्रबन्धक तोकिएको छ ।

शिखर इन्स्योरेन्सले १ सय रुपैयाँ अंकित दरमा १५२० रुपैयाँ प्रिमियम मूल्य थप गरि प्रति कित्ता १६२० रुपैयाँमा एफपीओ निष्काशन गर्ने प्रस्ताब गरेको छ । कम्पनीको १२ औ बार्षिक साधारणसभाले एफपीओ निष्काशन गर्ने गरेको प्रस्ताबलाई कम्पनीको माघ १० मा बसेको संचालक समितिले  पारित गरेको हो । 

कम्पनीले हाल कायम संस्थापक ७० र साधारण ३० प्रतिशत रहेको सेयर स्वामित्वलाई ६०:४० प्रतिशत बनाउन १३ लाख ६२ हजार ८ सय ८१ कित्ता नयाँ सेयर निष्काशन गर्न लागेको हो। प्रस्ताव गरेको एफपीओको मूल्य धितोपत्र बोर्डले स्वीकृत गर्ने क्रममा परिमार्जन हुन सक्ने कम्पनीले जनाएको छ। 

एफपिओ हुनु पर्नेमा यस अघि अन्यथा भएकाले सच्चाईएको छ । यसबाट पाठक बर्गमा पर्न गएको असुविधा प्रति क्षमाप्राथी छौ । -सम्पादक 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved