अनुमति पाएको भोलिपल्ट स्ट्यान्डर्ड चाटर्डलाई एफपीओ तत्काल जारी नगर्न बोर्डको निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 15, 2017 | 03:28:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्रक बोर्डले स्ट्याण्डर्ड चार्टड बैंकलाई फर्दर पब्लिक अफरिङ, एफपीओ तत्काल जारि नगर्न निर्देशन दिएको छ । बोर्डले हिजो सोमबार मात्रै बैंकलाई १ सय रुपैयाँ अंकित दरमा ११ सय ९० रुपैयाँ प्रिमियम मूल्य थप गरि १२९० रुपैयाँमा २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपीओ निष्काशनको अनुमति दिएको थियो। 

बजारमा तरलता अभावको समस्या जारि नै रहेको बेला ठुलो मात्रामा एफपीओ निष्काशन गर्दा समस्या झन बिकराल हुनसक्ने भएकाले बोर्डले तत्काल जारी नगर्न निर्देशन दिएको स्रोतले जनाएको छ । बैंकले २ साता भित्रै एफपिओ निष्काशनको तयारी गरेको भएपनी अब त्यस प्रक्रिया लम्बिने भएको छ । 

सेयर लगानीकर्ता संघले एफपिओ निष्काशन गर्दा बजारमा तरलता अभावका कारणले झन् ठुलो समस्या आउन सक्ने भन्दै बोर्डलाई सचेत गराएपछि बोर्डले यस्तो निर्देशन दिएको बताईएको छ । 

बोर्डले तरलता अभावको प्रभावलाई कम गर्न नेपाल लाइफ इन्स्योरेन्स र फरवार्ड माइक्रोफाइनान्स लिमिटेडका बिक्रि प्रबन्धकलाई फागुन १३ भित्र नयाँ सेयर बाँडफाँड गर्न यस अघि नै निर्देशन दिएको छ।

उता समता माइक्रो फाइनान्सको आइपियो बाँडफांड फागुन ४ गते र सिनर्जी हाइड्रोको आइपियो बाँडफांड फागुन ५ गते हुदै छ । नेपाल लाइफ इन्स्योरेन्स, फरवार्ड माइक्रोफाइनान्स , समता माइक्रो फाइनान्स र सिनर्जी हाइड्रोको साधारण सेयर बाँडफाँड पश्चात बैंकिङ प्रणालीमा अबको १५  दिन भित्र ५ लाख २७ हजार २ सय लगानीकर्ताबाट करिब ६७ अर्ब ५४ करोड रुपैयाँ आउँने छ। 

यो पनि : स्ट्याण्डर्ड चार्टडले पायो प्रस्तावित मूल्यमा नै एफपीओ निष्काशनको अनुमति, लगानी कति फाइदा मुलक ? 

समता माइक्रोफाइनान्स र सिनर्जी हाइड्रोको आईपिओ बाँडफाँड मिति तय ,समताको बुधबार सिनर्जिको बिहिबार

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved