आज मध्यरातबाट एनसेलमा फेसबुक निशुल्क, हेर्नुस के के फ्री ? 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 15, 2017 | 03:57:03 AM मा प्रकाशित

laxmi  sunrise bank

आफ्ना प्रयोगकर्तालाई निशुल्क ट्वीटर सेवा प्रदान गर्दै आएको निजी क्षेत्रको टेलिकम सेवाप्रदायक कम्पनी एनसेलले अब फेसबुकका केहि फिचर्स पनि निशुल्क गर्ने भएको छ । एनसेलले आज मध्यरातबाट सुरु हुने गरी ९० दिनको लागि लागु हुने नयाँ अफर ल्याएको हो । 

जस अनुसार एनसेलका सिम भएका ग्राहकले राति १२ बजेपछि निःशुल्क फेसबुक सेवा लिन सक्नेछन् । इन्टरनेट फर अल नाराका साथ एनसेलले फेसबुकसँगको साझेदारीमा तीन महिनाका लागि यस्तो योजना ल्याएको कम्पनीका सिइअाे सिमोन पार्किन्सले जानकारी दिए।   एनसेलले राजधानीमा पत्रकार सम्मेलनको आयोजना हरी यस बारे जानकारी दिएको हो  । 

एनसेलका अनुसार फेसबुक एप खोल्ने बित्तिकै एनसेलले निःशुल्क वा सशुल्क प्रयोगको विकल्प दिनेछ । निःशुल्क विकल्पमा फोटो अपलोड, सेयर, कमेन्ट रिप्लाई, लाइक गर्न पैसा तिर्नुपर्ने छैन। तर अरुले अपलोड गरेका तस्वीरहरु हेर्न र च्याट गर्न भने पैसा लाग्ने छ । 

फेसबुक केन्द्रित एनसेलका अन्य प्याकेजहरु कायमै रहेको कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved