मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले गर्यो ६ महत्त्वपूर्ण निर्णय 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 15, 2017 | 06:20:00 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले चुनढुङ्गा उत्खननका लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ। मंगलवार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषदको नियमित बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकबाट ऋण लिन बार्ता टोली गठन गर्ने सहितका ६ महत्त्वपूर्ण निर्णय गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न बैठकले गरेका महत्त्वपूर्ण निर्णयहरु यस्ता छन्:

  1. भूमिसुधार मन्त्रालय अन्तर्गत व्यवस्थित बसोबास आयोगको गठन प्रक्रियालाई स्वीकृति दिने
  2. आयोजनाहरु सञ्चालनका लागि अवरोध हुने रुख काट्नका लागि स्वीकृति दिने
  3. नदाह कोशी पुल, चतरा रुपनगर सडकको स्तरोन्नतिका लागि थप बन क्षेत्र प्रयोग गर्न दिने
  4. चुनढुङ्गा उत्खननका लागि बन क्षेत्र प्रयोग गर्न दिने
  5. विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकबाट ऋण लिन बार्ता टोली गठन गर्ने
  6. चितवनको शक्तिखोरलाई औद्योगिक नगरी बनाउने प्रक्रियालाई सैद्धान्तिक स्वीकृति दिने    

  

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved