समता माइक्रोफाइनान्सको आईपिओ नतिजा सार्बजनिक, हेर्नुस IPO को नतिजा (सुचीसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 16, 2017 | 01:57:54 AM मा प्रकाशित

laxmi  sunrise bank

समता माइक्रोफाइनान्सले निष्काशन गरेको नयाँ साधारण सेयर, आइपीओ  को आज आइतबार बाँडफाँड गरिएको छ। पुस १९ देखि २२ सम्म निष्काशन गरिएको आईपीओ भरेका मध्ये ८ हजार ८ सय १७ जनाले मात्र समताको सेयर पाएका छन। 

बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबीएल क्यापिटल लिमिटेडमा बुधबार बिहान गोलाप्रथा प्रणालीबाट गरिएको सेयर बाँडफाँडमा भाग्यमानी लगानीकर्ताले १० कित्ता पाएका छन। समताको आइपीओ भरेका १ हजार २ सय ४८ जनाको आबेदन रद्द भएका छन। 

समताको आइपीओ भर्ने कुल ९६ हजार २ सय ३७ जना मध्ये ८ हजार ८ सय १७ जना सर्वसाधारणल समताको १० कित्ता सेयर पाएका छन् भने ३२ जना कर्मचारीले १८ सय ९० कित्ता पाएका छन । त्यस्तै चार हजार सात सय ४० कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीले पाएका छन्। 

समता माइक्रोफाइनान्सले निष्काशन गरेको साधारण सेयरमा २१४ गुणा बढीको आबेदन परेको थियो। कुल आबेदकबाट समताको आइपीओमा १ अर्ब ८७ करोडको आबेदन परेको थियो। 

निष्काशन गरिएको कुल ९४ हजार ८ सय कित्ता मध्य १ हजार आठ सय ९६ कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ भने ४ हजार ७  सय ४० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ ।   

बाराको सिमरामा केन्द्रीय कार्यालय रहेको समता माइक्रोफाइनान्सले कुल चुक्ता पुंजीको ३० प्रतिशत हुन आउने सेयर सर्वसाधारणमा निष्काशन गरेको हो। आइपीओ वितरणपछी समताको चुक्ता पुंजी ३ करोड १६ लाख पुग्ने छ भने सेयर स्वामित्व  अनुपात संस्थापक ७० र सर्वसाधारण ३० प्रतिशत हुने छ। 

हेर्नुस नतिजा 

तलको बक्समा क्लिक गरेर Ctrl+F थिचेर आफ्नो नाम राखेर खोज्नु होला :

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved