राजनीतिक घटनाक्रमको उर्जाले नेप्सेमा हरियाली, ४२ अंकले बजार बढ्दा ५२ करोड बढीको कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 16, 2017 | 02:26:02 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो  दिन बुधबार बजार परिसूचक नेप्से र कारोबार रकम दुवै बढेको छ । बुधबार नेप्से ४१ .८३  अंकले बढेर १३१६.८०  को उचाईमा पुगेको छ  । आज कारोबारमा  आएका  १४१ कम्पनीका १६  लाख १३  हजार ६ सय २९ कित्ता सेयर खरिद बिक्रिबाट ५२ करोड २  लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

आजको कारोबारमा आएका सूचक मध्ये उत्पादन समुह बाहेकका सूचक बढेका छन् । बैंकिङ ३७, होटल ४९, विकास बैंक ४३, जलविद्युत ६६, फाइनान्स १२, बिमा ३८५ र अन्य समूह २ अंकले बढेका छन्।

कारोबारमा आएका कम्पनीहरु मध्ये नेपाल लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै ५  करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ। एफपिओले समेत पाउने गरी नेपाल लाइफले लाभासं घोषणा गरेपछि लगानीकर्ता त्यसमा हौसिएर इन्स्योरेन्सको कारोबार बढेको बताईएको छ । 

अन्य बढी कारोबार हुने कम्पनीहरुमा प्रभु बैंक, बैंक अफ काठमाडौँ लिमिटेड,  नेपाल बंगलादेश बैंक , एसियन लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन। 

आजको कारोबारमा धेरै कमाउनेमा एसियन लाइफ इन्स्योरेन्स , सानिमा माइ हाइड्रो, नेको इन्स्योरेन्स , सगरमाथा इन्स्योरेन्स , गुराँस लाइफ इन्स्योरेन्स लगायतका लगानीकर्ता रहेका छन्  ।  

त्यस्तै गुमाउनेमा दिब्यश्वरी हाइड्रो, सिर्जना फाइनान्स, युनाइटेड फाइनान्स, रिलायबल माइक्रोफाइनान्स, बोटलर्स नेपाल (तराई )का लगानीकर्ता रहेका छन् । 

राजनीतिक घटनाक्रमले लगानीकर्तामा उत्साह ल्याउदा नेप्से बढेको हो ।  ३ दलबिच निर्वाचन गराउने र फागुन ८ मा मिति घोषणा गर्ने सहमति,  मोर्चालाई सहमतिमा ल्याउन प्रयास गर्ने लगायतका समाचारले लगानीकर्तामा उर्जा थप्दा बजारमा हरियाली छाएको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved