जिप दुर्घटना : मृतकको संख्या ७ पुग्यो, सबैको सनाखत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 16, 2017 | 02:49:38 AM मा प्रकाशित

laxmi  sunrise bank

डडेलधुरामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । भागेश्वोरबाट सदरमुकाम आउंदै गरेको से १ ज ८३३ नम्बरको  जिप अमरगढी नगरपालिका वडा नं. ३ ठूलो खोला भन्ने स्थानमा दुर्घटना हुँदा ५ जनाको घटनास्थल मै मृत्यु भएको थियो । अन्य १ जनाको उपचार क्रममा र अर्का एकको उपचारको लागि लैजादै गर्दा बाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ । 

फाइल फोटो 

घटनास्थल मै मृत्यु हुनेमा  भागेश्वर गाविस–४ सतिगाउँका लक्ष्मण भट्ट र जयानन्द भट्ट, भागेश्वर–८ का गणेश सार्की, भागेश्वर –५ का नरपती पाण्डेय र कामदेव चटौत रहेका छन् । त्यस्तै  भागेश्वर–७ का पदम मल्लको उपचारका क्रममा उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा र दिवाकर पाण्डेयको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ  । 

अन्य ५ जना  घाइतेको  उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भई रहेको छ । जिप सडकबाट झण्डै डेढ सय मिटर तल खसेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved