आविष्कार केन्द्रलाई पैसा संकलन गर्न महावीर पुनले आफ्ना राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक बेच्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 16, 2017 | 03:32:17 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय आविष्कार केन्द्र बनाउने अभियानमा लागेका समाजसेवी महावीर पुनले आफूले पाएका तक्मा तथा मेडलहरु बेच्ने घोषणा गरेका छन् । उनले  २५ बर्ष सम्म समाज सेवाको काम गर्दा बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरु र नेपाल सरकार बाट प्राप्त गरेका विभिन्न मेडलहरु बेच्ने घोषणा गरेका हुन् । 

उनले आफ्ना पदकहरु  किनेर सुरक्षित साथ संग्रह गर्न चाहाने कोहि भए इमेल मार्फत जानकारी दिन आग्रह गरेका हुन् । यसबाट आएको सम्पूर्ण रकम राष्ट्रिय आविष्कार केन्द्रमा जाने पनि उनले घोषणा गरेका छन्  । 

पदक बेच्ने घोषणा संगै उनले स्पष्टिकरण समेत दिदै भनेका छन् ' ति पुराना पदकहरु लाई बिक्रीमा राखेर मैले ति संस्थाहरु तथा नेपाल सरकारको अपमान गर्न खोजेको पटक्कै होइन बरु ति पदकहरु को उपयोग सहि कामको लागी गर्न खोजेको हो'। 

उनले यसो गर्दा ति संस्थाहरुको पनि महत्व बढ्ने ति पदकहरुको पनि पूर्ण सदुपयोग हुने बिश्वास व्यक्त गरेका छन्  ।

उनले प्रशं सोध्दै भनेका छन् ' ति पदकहरु दिने संस्थाहरुले पनि "महाबीर पुनले भविष्यमा अझै राम्रो काम गरोस" भनेर नै दिएका त होलान नि, पक्कै पनि ति पदकहरु भित्तामा झुन्ड्याएर राख्न मात्र त दिएका होइनन होला त? ' 

पुनले आफ्नो मृत्युमा ति पदक संगै लैजान नसकिने बताउदै जीउँदो छदै ति पदकहरुको सदुपयोग गर्न खोजेको र यसमा धेरै बाद बिबाद गर्न नचाहेको बताएका छन् । आफ्नो न्रिंयमा दृढ रहेका उनले  पदक नबेच्ने सुझाब नदिन समेत आग्रह गरेका छन्  ।

यस्तो छन् उनका बिक्रिमा रहेका पदकहरु : 

 १. रामोन म्यागसेसे पदक, फिलिपिन्स बाट
२. राष्ट्रदीप, नेपाल सरकार बाट (२ वटा मेडल)
३. Internet Hall of Fame - अमेरिका बाट
४. Honor Graduate - University of Nebraska अमेरिका बाट
५. डा. हर्क गुरुङ पर्वतीय पुरस्कार - नेपाल बाट 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved