मन्त्रिपरिषद्को बैठक सम्पन्न, के गर्यो निर्णय ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 20, 2017 | 11:09:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ ।

  बैठकले स्थानीय निकाय पुनःसंरचना आयोगलाई तराईका जिल्लामा स्थानीय तहको संख्या मिलाएर प्रतिवेदन बुझाउन सात दिनको समय दिएको छ । बैठकले भोलि बस्ने संसद बैठकमा संविधान संशोधनको प्रस्ताव अगाडि बढाउने निर्णय  समेत गरेको छ  ।

बैठकले मधेशी, थारु, आदिबासी, महिलाहरुका माग सम्बोधन गर्न संघीय आयोगलाई थप सक्रिय पार्ने निर्णय पनि गरेको छ ।

आजै नै २ बजे फेरि मन्त्रिपरिषद्को बैठक बस्ने र त्यस बैठकमा विभिन्न देशका लागि राजदूत नियुक्ति गरिने छ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नेको लागि बेलुका पुन तेस्रो पटक बैठक बस्ने संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी दिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved