मन्त्रिपरिषद बैठक : ५ सचिवको सरुवा, को कहाँ ? (सुची सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 21, 2017 | 04:03:02 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार बसेको दोस्रो मन्त्रिपरिषद् बैठकले विभिन्न ५ सचिवहरुको सरुवा गरेको छ । जस अनुसार सामान्य प्रशासनका पूर्णचन्द्र भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ भने अख्तियारका सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई सहकारी तथा गरिबी निवारण मन्त्रालय तानिएको छ  । 

त्यस्तै सिँचाइ मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई राष्ट्रिय सतर्कता केन्द्र सरुवा गरिएको छ भने रामानदप्रसाद यादवलाई सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ । सचिव मोहनकृष्ण सापकोटालाई सामान्य प्रशासन मन्त्रालय सरुवा गरिएको छ।

यहि बैठकले रिक्त १४ देशमा राजदुत नियुक्तिको सिफारिस समेत गरेको छ ।

  बैठकका अन्य निर्णयहरु हेर्न यहाँ क्लिक गर्नुस  ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved