"हरियो देख्दा किन्न दौडिने र रातो देख्दा बेच्न दौडिनेहरुको जिन्दगी दौडेरै बित्छ"

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 21, 2017 | 11:16:20 PM मा प्रकाशित

laxmi  sunrise bank

हरियो देख्दा किन्न दौडिने र रातो देख्दा बेच्न दौडिनेहरुको जिन्दगी डौडेरै बित्छचुनावको माहौल बढेसंगै बजार सकारात्मक बन्दै गएको छ । बजार बढ्न लागेको बेलामा बिगतमा के भयो र किन बजार घट्यो त्यो एक पटक मनन गरौ । बजार घट्नु नौलो कुरो होइन, यसलाइ महाबिपत्ती जसरी प्रचार गर्नु पो गलत कुरो हो त । घटाइका कारणहरु चाहिँ हुन सक्छ्न । अहिले चाहिँ मुख्यतः दुई कारणले बजार घटेको छ । पहिलो कारण अत्यन्तै प्राकृतिक छ । यति बेला बजारमा सप्लाइ अत्याधिक बढेको छ । हकप्रद, एफपिओ, आईपिओ, बोनसका रुपमा ।

यति मात्रै होइन अहिले अक्सन पनि लगानिको एउटा माध्यम जस्तो बनेको छ ।एकातिर सप्लाइ बढेको छ अर्कोतीर  हकप्रद, एफपिओ, आईपिओमा अत्यधिक लगानी परिरहेको छ। यसले स्वभाबिक रुपमा असर गर्ने त भैहाल्यो नै।

अर्को कारण चाहिँ बैंकमा लगानी योग्य पुजि नहुनु हो ।अरु सहायक कारणहरु पनि छन तर यी दुई मुख्य कारणहरु हुन । उपर्युक्त कारणहरु एकै साथ देखा पर्दा घटाइ तिब्र भएको हो।पहिलो कारण सामान्य तय बजारमा देखा पर्ने अनिबार्य आन्तरिक घटना हो ।जुन आफै हल भएर जान्छ ।शेयरको भोल्युम वृद्धि भएर बजारको अन्ततः बिकास नै हुन्छ ।त्यसैले यो अबसर हो ।

अर्को दोस्रो कारण चाहिँ एउटा बाह्य प्रभाब हो ।यस्ता कारणहरु क्षणिक हुन्छ्न र विविध रुपमा समय समयमा देखा पर्दछ्न । आखिर बजारलाइ आन्तरिक कारणलेनै लिड गर्छ ।अहिले बैंकहरुसंग पुजि नभएको होइन लगानी योग्य पुजि नभएको हो । अर्थात सोझो अर्थमा तरल रुपमा नियमित बैंकमा जम्मा गर्ने भन्दा निकाल्ने हरु बढी भए भन्ने हो।

आखिर कहाँ गयो त पैसा ?

यसलाइ केही अनुमान गर्न सकिन्छ तर यो अनुमान मात्र हो।

१ . भारतमा नोट माथी प्रतीबन्ध पछि दुबैतिर सम्बन्ध भएका ब्याबसायीहरुले नेपालि नोट पारी र भारु वारि ल्याउने कार्य गरे यसरी ल्याएको पैसा रास्ट्र बैंकमा भारुको रुपमा छ भने नेपाली रुपैयाँ भारतमा कतै भुमिगत हुन सक्छ ।यो समस्या भारतले पैसा साटिदिए पछि आफै हल हुन्छ ।

२.भारतमा कालो धन प्राय जमिनमा गाडेर राखिने कुरा त सबैलाइ थाहा भैसकेको कुरा हो । पुरानो हजार र पाँचसयको नोट अब नचल्ने भैसक्यो नै  । त्यसैले नेपालि पैसा राखेर उपयुक्त समयमा साट्ने बिकल्प कालो बजारी हरुलाइ सहज हुन सक्छ । अब आफै सोचौ नोटकै कालो बजारी हुन थाल्यो भने बित्तीय रुपमा सानोतिनो भुइचालो स्वभाबिक भैहाल्ने भयो ।तर यो पनि अस्थायी कुरो हो ।

३. सबैलाई थाहा छ चुनाबको मिति घोषणा भई सक्यो । चुनाबमा एउटै उमेदवारले करोडौं खर्च गर्छ ।निर्बाचन आयोगले यतिधेरै खर्च बिधिबत गर्न दिदैन । त्यसैले चेकको भन्दा नगदको लेन देन बढी हुन सक्छ ।त्यसैले चुनाब लक्षित गरेर नगद अभाब भएको हुन सक्छ ।यो पनि चुनावि प्रक्रिया अघि बढेसंगै बिस्तारै समाधान हुन्छ।

४. बैंकहरुको लगानी गर्ने गलत तरिका पनि उत्तिकै जिम्मेवार छ ।केही संकट त बैंकहरुले आफै निम्त्याएका पनि छन ।यसलाइ सरल तरिकाले ट्राफिक जामसँग  तुलना गरेर बुझ्न सकिन्छ । जति सुकै ठुलो बाटोमा पनि अराजक तरिकाले दौडिए पछि चोक चोकमा जाम हुन्छ । यो बित्तिय संकट भन्दा जाम हो । अबस्य खुल्छ ।

५. बैंकहरुको व्यवहार पनि जिम्मेवार छ ।संकटमा साथी बन्नुको साटो दुस्मनको व्यवहार त सबै लगानिकर्ताले भोगेकै छौ ।भनिन्छ पनि "बैंक एउटा यस्तो मित्र हो जसले घाम लाग्दा तपाईंलाई छाता सापटी दिन्छ र पानी पर्दा फिर्ता माग्छ" । तर यो पनि अस्थायी कारण नै हो । यस्ता अरुपनी समस्याहरु यति बेला हुन सक्छ्न । तर जे भए पनि बजारमा टिक्नेहरुले शासन गर्छन,  भाग्ने हरुले होइन ।

सकारात्मक बहस गरौ । नेपाली शेयर बजार को भबिस्य उज्वल छ , त्यसमा शंका नगरौं ।हरियो देख्दा किन्न दौडिने र रातो देख्दा बेच्न दौडिनेहरुको जिन्दगी दौडेरै बित्छ है । तर होल्ड गर्ने हरुले सुते पनि कमाउछ्न । मेहनत गरे त भन्नै परेन ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved