बाबुरामको आशंका: यो नगर्नकालागि घोषणा गरिएको चुनाव पो हो कि (बिज्ञप्ति सहित) 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 22, 2017 | 11:34:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले ७ माघ २०७४ भित्र तीनै तहको निर्वाचन सम्पन्न गर्न सर्वपक्षीय सरकार आवश्यक भएको बताएका छन्  ।   आज बसेको नयाँ शक्ति पार्टी, नेपालको विशेष राजनीतिक समितिको बैठकपश्चात संयोजक  भट्टराईले  एक बिज्ञप्ति जारि गर्दै  एक वर्षभित्र हुनुपर्ने तीन तहको निर्वांचनप्रति नयाँ शक्ति पार्टी पूर्ण प्रतिवद्ध रहेको बताउदै असन्तुष्ट पक्षहरुको माग सम्बोधन गर्न पनि माग गरेका छन् ।  

भट्टराईले दलीय भागवण्डामा चुनावको घोषणा गर्न थालिएकाले यो सत्तास्वार्थकालागि र चुनाव नगर्नकालागि घोषणा गरिएको चुनावको रुपमा पनि यसलाई लिइएको बतएका छन् ।

पढ्नुस पुरा बिज्ञप्ति   ।

प्रेस वक्तव्य

१. आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । संविधानसभावाट जारी भएको संविधान मुताविकको राज्यको अग्रगामी पुनर्संरचना पश्चातको निर्वाचन नियमित र पम्परागत निर्वाचन मात्रै नभै यो नयाँ संविधान नयाँ युग र नयाँ पुस्ताको अपेक्षा पूर्ति गर्ने ऐतिहासिक परिघटना पनि हो । यस अर्थमा आगामी एक वर्षभित्र हुनुपर्ने तीन तहको निर्वांचनप्रति नयाँ शक्ति पार्टी पूर्ण प्रतिवद्ध छ । सुशासन र विकास सहितको आर्थिक समृद्धिको एजेण्डाका आधारमा जनतावाट अनुमोदित हुँदै उक्त एजेण्डाहरु लागू गर्न सदा तयार र तत्पर छ ।

२. नयाँ संविधानको सर्वस्वीकायर्ताका लागि संशोधन र यसको कार्यान्वयनको लागि संविधानले तोकेको अवधि ७ माघ २०७४ भित्र तीनै तहको निर्वाचन सम्पन्न गर्न सर्वपक्षीय सरकार अनिवार्य छ भन्ने मान्यता पनि नयाँ शक्ति पार्टीले राख्दछ । दलीय भागवण्डामा चुनावको घोषणा गर्न थालिएकाले यो सत्तास्वार्थकालागि र चुनाव नगर्नकालागि घोषणा गरिएको चुनावको रुपमा पनि यसलाई लिइएको छ । तसर्थ चुनावको निम्ति आवश्यक वातावरण तयार गर्ने र सबै पक्षबीच विश्वासको वातावरण तयार गर्ने काम सरकारले पहिले गरोस् भन्ने हामी जोडदार माग गर्दछौं ।

३. नयाँ संविधान बमोजिमको निर्वाचनकालागि जरुरी वातावरण तयार गर्न निम्न शर्त तुरुन्त पूरा गरियोस् भन्ने नयाँ शक्ति माग गर्दछ:

क) जारी संविधानप्रति असन्तुष्ट पक्षहरुको माग सम्बोधन गर्न संविधान संशोधन गर ।
ख) प्रदेशको सीमांकनको विषय हल गर्दै स्थानीय तहको पुन:संरचनाको विवाद अन्त गर ।
ग) स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि सर्वपक्षीय सरकारको गठन गर ।
घ) भौगोलिक अखण्डताको संरक्षण गर्दै राष्ट्रिय एकता सुदृढ गर्न स्थीरता र विकासको सुनिश्चितताकालागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर ।
ङ) निर्वाचनमा हुने भ्रष्टाचार, अनियमितता रोक्न र सबैको पहुँच कायम गर्न निर्वाचन खर्च निश्चित मापदण्डका आधारमा राज्यकोषबाट व्यहोर्ने व्यवस्था गर ।
च) समय र खर्चको मितव्ययीताका लागि संघ, प्रदेश र स्थानीय तह तीनवटैको निर्वाचन एकैचोटि सम्पन्न गर ।

 

.......................
डा. बाबुराम भट्टराई
केन्द्रीय संयोजक
नयाँ शक्ति पार्टी, नेपाल

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved