बजेट रकमान्तरण र कार्यक्रम संशोधन अध्ययन गर्न १३ सदस्यीय  कार्यदल गठन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 23, 2017 | 12:25:46 AM मा प्रकाशित

laxmi  sunrise bank

बजेट रकमान्तरण र बजेटमा रहेका कार्यक्रम संशोधनका बिषयमा अध्ययन गर्न १३ सदस्यीय कार्यदल गठन गरेको छ । अघिल्लो सरकारले बजेटमार्फत घोषणा गरेका कार्यक्रमका लागि छुट्याइएको बजेट व्यापकरुपमा रकमान्तरण भएको भन्ने गुनासो आएपछि व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले कार्यदल गठन गरेको हो । 

कार्यदललाई त्यस सम्बन्धमा अध्ययन गर्न र  प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ ।

समितिका सभापति प्रभु साह संयोजक रहेको कार्यदलमा माधवकुमार नेपाल, नारायणमान विजुक्छे, अन्जनी श्रेष्ठ, अशोककुमार मण्डल, केशरी घर्तीमगर, चूडामणि जङ्गली, जीतेन्द्रनारायण देव, पुष्कर आचार्य, भरतबहादुर खड्का, डा राजन भट्टराई, राज्यलक्ष्मी श्रेष्ठ र राधा तिमिल्सिना सदस्य छन् ।

 समितिले राष्ट्रिय गौरवका आयोजनाको प्रगति र आयोजना कार्यान्वयनमा देखिएका चुनौतीको बारेमा पनि अध्ययन गरी प्रतिवेदन समेत दिने छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved