आइजीपी नियुक्तिबारे परेको रिटमा भएन फैसला, बहस बिहिबार पनि जारि रहने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 23, 2017 | 04:11:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीको नयाँ आइजीपी नियुक्ति संबन्धमा आज बुधबार सर्बोच्चमा सुनुवाई भएको छ । अधिबक्ता कपिल देव ढकालले सरकारले बरियता मिचेर डीआईजी जयबहादुर चन्दलाई लाई नियुक्ति गर्न लागेको भन्दै त्यसलाई रोक्न माग गर्दै माघ २८ गते शुक्रबार मुद्दा दायर गरेका थिए । त्यसको सुनुवाई हुनु अघि नै मन्त्रिपरिषद बैठकले चन्दलाई आइजीपीमा नियुक्ति गरेको थियो  । सोहि दिन सर्बोच्चले चन्दको नियुक्ति तत्काल कार्यान्वयन नगर्न नगरौं अन्तरिम आदेश दिएको थियो । 

त्यस्तै पहिलो बरियतामा रहेका डिआईजी नवराज सिलवालले बरियताक्रम अनुसार आफुलाई आइजीपी बनाउन माग गर्दै अर्को रिट दायर गरेका थिए । सर्बोच्चले दुवै रिटलाई एक साथ राखी आजको लागि मुद्दाको पेशी तोकेको थियो । न्यायाधीश इश्वर खतिवडा र हरिकृष्ण कार्कीको इजलाशमा आज बहस भएको हो । 

बहस आइतबार नै हुने भनिए पनि ढकालले दायर गरेको रिट महान्यायाधिवक्ता कार्यालय र जयबहादुर चन्दलाई जानकारी नभएको खुलेपछि सुनुवाई आजको लागि सरेको थियो ।  

बहस आज नसकिएकाले हेर्दा हेर्दैमा राखिएको छ र भोली पनि जारी रहने अदालतले बताएको छ । भोली दुवै पक्षको बहस सक्किने र फैसला आउने अपेक्षा गरिएको छ । 

यो मुद्दाको किनारा नालाग्दासम्म सरकारले प्राविधिक एआइजी  डा दिनेशचन्द्र पोखरेललाई निमित्ति प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved