स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक, सरकारलाई १९ बुंदे निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 23, 2017 | 09:16:03 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। बैशाख ३१ मा निर्धारित स्थानीय तह निर्वाचनको कार्यतालिका अनुसार वैशाख १६ मा उम्मेदवारी मनोनयन दर्ता, वैशाख १९ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरि सोही दिन चुनाव चिन्ह प्रदान गरिनेछ।

स्थानीय तह निर्वाचन सम्वन्धी ऐन अनुसार संसदमा रहेका दललाई दलगत चुनाव चिन्ह दिइनेछ भने अन्य दललाई स्वतन्त्रको हैसियतमा चुनाव चिन्ह दिने व्यवस्था गरिएको छ। 

आज बुधबार सार्वजनिक गरिएको कार्यतालिका अनुसार वैशाख १६ गते उम्मेदवारको सूची प्रकाशन गर्ने, १७ गते उम्मेवार विरुद्ध उजुरी दिने,सोही दिन मनोनयन पत्र जाँच गर्ने, १८ गते उम्मेदवारको नाम प्रकाशित गर्ने र सोही दिन उम्मेदवारी फिर्ता लिने, १९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरि चुनाव चिन्ह दिने र ३१ गते मतदान हुने उल्लेख छ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार वैशाख ३१ गते विहान ७ देखि साँझ ५ बजेसम्म मतदान कार्यक्रम सञ्चालन हुनेछ। मतदानपछि मतगणना शुरु गरिने आयोगले जनाएको छ।  

त्यस्तै आयोगले निर्वाचन सम्पन्न गर्न सरकारलाई १९ बुंदे निर्देशन जारि गरेको छ। निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गर्न गराउन मातहतका सबै निकायलाई निर्देशन दिन आयोगले सरकारलाई निर्देशन दिएको हो। 

वैशाख २५ देखि २९ सम्म विद्यालय बन्द
स्थानीय तहको चुनावको लागि मतदान केन्द्र विद्यालयभवन तथा कम्पाउण्डभित्र पनि राखिएकाले बैशाख २५ देखि २९ सम्म विद्यालय बन्द गर्न गराउन आयोगले सरकारलाई निर्देशन समेत दिएको छ। २०७४ साल वैशाख २५ गतेदेखि मतदान सम्पन्ननभएसम्म पठनपाठन, परीक्षा सञ्चालन र सबै शैक्षिक क्रियाकलापहरू स्थगन गर्न गराउन आयोगले सरकारलाई निर्देशन दिएको छ। 

त्यस्तै आयोगबाट भएका निर्णय र अन्तर्गतको कार्यालयबाट भएका पत्राचारलाई सरकारका सम्पूर्ण निकाय, सार्वजनिक संस्थान, विकास समिति, स्थानीयनिकाय, शैक्षिक संस्थानहरूले उच्च प्राथमिकता दिई तत्काल सम्पन्न गर्नुपर्ने आयोगको निर्देशन छ। 

त्यस्तै सरकारका सम्पूर्ण निकाय, सार्वजनिक संस्थान, विकास समिति, स्थानीय तह, अनुदानमा सञ्चालित विश्वविद्यालय र सामुदायिक विद्यालयका शिक्षकको अद्यावधिक बिवरण एक हप्ताभित्र पठाउन,माग गरेका कर्मचारीहरू तुरून्त खटाई पठाउन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल टेलिकम तथा विकास आयोजनालगायत सरकारी निकायका वायरलेस, टेलिफोन, फ्याक्स तथा अन्य सञ्चार साधनहरू मर्मत र सेवाबिस्तार गर्नुपर्ने भएतत्कालै मर्मत गरी चालु हालतमा राख्न तथा निर्वाचनको कामका लागि माग गरेको समयमा उपलब्ध गराउने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।

मतपत्र छपाइ लगायतका काम गर्न आयोगले जनकशिक्षा सामग्री केन्द्रलाई जिम्मा दिने हुँदा सो केन्द्रको छापाखानाको मर्मत सम्भार गरी चालु अवस्थामा राख्न पनि सरकारलाई निर्देशन दिइएको छ। 

प्रवक्ता शर्माका अनुसार आयोगका पदाधिकारी तथा कर्मचारी र निर्वाचन अधिकृतको आवागमनका लागि माग गरेको बखत हवाई टिकट सुरक्षित राखिदिने र निर्वाचन सामाग्री ढुवानीका लागि आवश्यकतानुसार मोटर, हवाईजहाज र हेलिकप्टरको सुविधाउपलब्ध गराउन, निर्वाचनसँग सम्बन्धित सबै कार्यमा शान्ति सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन, उम्मेदवार,दल,मतदाताहरूको सुरक्षाको उचित प्रबन्ध मिलाउन पनि आयोगले सरकारलाई निर्देश गरेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved