ओली-प्रचण्डबिच भयो सहमति, संविधान संशोधन प्रक्रिया अघि बढ्ने 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 23, 2017 | 10:46:29 PM मा प्रकाशित

laxmi  sunrise bank

आजको ब्यबस्थापिका संसद्को बैठकमा लामो समय देखि रोकिएको संविधान संशोधनमाथिको छलफल सुरु हुने भएको छ।  आज बिहान सभामुख ओनसरी घर्तीको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच संसदमा संविधान संशोधन प्रक्रिया अघि बढाउने सहमति भएको हो  । 

आजैबाट संसद्को बैठक सञ्चालन हुने र संविधान संशोधनलगायत कार्यसूचीमा रहेका विषय प्रक्रियागत रुपमा अघि बढाउन प्रतिपक्षले सहयोग गर्ने सहमति भएको सभामुख घर्तीले बताइन् ।

यस अघि दुई दिन सम्म संसदको कार्यसूचीमा विवाद हुँदा संसद्‍को बैठक स्थगित भएको थियो। बिपक्षी दलले उक्त बिषयमा कार्यसूचीमा नराख्न आग्रह गर्दै आएको थियो भने सत्ता पक्ष राख्नु पर्ने आदानमा थियो  ।   

आजको बैठक अपरान्ह ३ बजेका बोलाइएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved