निर्बाचन आयोगद्वारा बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टीसंग स्पष्टिकरण माग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 23, 2017 | 11:13:32 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्बाचन आयोगले समय मै आयव्यव विवरण नबुझाउने विभिन्न १२ दलसंग स्पष्टिकरण माग गरेको छ । आयोगले कानुन अनुसार आर्थिक बर्ष सकिएको ६ महिना भित्र आयव्यय बिवरण बुझाई सक्नु पर्नेमा त्यसो नगरेका दलसंग स्पष्टिकरण माग गरेको हो । 

आयोगले ति दललाई कारबाही गर्नु नपर्ने कुनै कारण भए ३ दिनभित्र जवाफ स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो । दलहरुले दिएको जवाफ चित्तबुझ्दो नभए उनीहरुले १ सय रुपियाँ जरिवाना दिनु पर्ने हुन्छ । 

कारबाहीमा परेका दलहरुमा  बाबुराम भट्टराई अध्यक्ष रहेको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पनि छन् ।  

 अन्य १८ वटा राजनीतिक दलहरुले भने अझै पनि गत आवको आयव्यय विवरण बुझाएका छैनन् । 

हेर्नुस को को संग  स्पष्टिकरण माग ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved