शिवरात्रीको लागी यसरी हुदैछ ट्राफिक ब्यबस्थापन, हेर्नुस कहाँ कहाँ सवारी निषेध र डाईभर्सन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 23, 2017 | 11:46:24 PM मा प्रकाशित

laxmi  sunrise bank

महाशिवरात्री पर्वको अवसरमा पवित्र पाशुपात क्षेत्रमा भोली शुक्रबार बिहानै देखि सवारी साधन संचालनमा रोक लगाइने भएको छ। गौशाला क्षेत्र हुँदै चल्ने सवारी साधनलाई चावहिल,पुरानोबानेश्वर,ज्ञानेश्वर मैतिदेवीमोड,सिफल चौर,गौरीघाट,तिलगंगा,चुच्चेपाटीबाट डाईभर्सन गरिने महानगरीय ट्राफिक  महाशाखाले जनाएको छ ।

त्यस्तै तिनकुनेबाट र गोपिकृष्णबाट गौशाला आउने मालबाहक सवारी साधनलाई चावहिल र तिनकुनेबाटै प्रवेशमा रोक लगाइने भएको छ । महाशाखाका अनुसार  नारायणटार पुलबाट करिडोरको बाटो भएर आउने मालबहाक सवारी साधन तथा पानी ट्याङकर लाई पनि गौशाला क्षेत्र प्रवेशमा रोक लगाइने छ ।

सवारी साधन लिएर मन्दिर जाने दर्शनार्थीहरुको लागि तिलगंगा , अमालकोट, सिफलचौर, कोषको कार्यालय र गौरीघाटमा पार्किङ्गको व्यवस्था मिलाइएको छ भने सुरक्षा निकायका सवारी साधनहरु प्रहरी वृत गौशालामा पार्किङ्ग गर्न सक्नेछन् । 

हेर्नुस कहाँ कहाँ सवारी निषेध र डाईभर्सन

 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved