बाबुराम बिरुद्द खनिए नयाँ शक्तिका ९ केन्द्रीय सदस्य, लगाए गम्भीर आरोप (बिज्ञप्ति सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 24, 2017 | 02:10:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले  निर्वाचन मिति फिर्ता गर्न माग गर्दै उपेन्द्र यादवसंग संयुक्त बिज्ञप्ति निकालेको प्रति पार्टीका ९ केन्द्रीय सदस्यले आपत्ति जनाएका छन् । बाबुरामले आज बिहान संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसंग विभिन्न माग राख्दै संयुक्त बिज्ञप्ति जारि गरेका थिए ।

नयाँ शक्ति केन्द्रीय परिषद सदस्यहरु निर्मल भट्टराइ, मोहन बम, देव लिम्बु, हरिराम रिमाल, चन्द्य्रदेव ओजा, युबी घिमिरे, सहदेव न्यौपाने, अशोक राज ढुङ्गेल र मुनिन्द्र बस्नेतले बिहिवार संयुक्त विज्ञप्ती निकालि १९ बर्षपछि हुन लागेको निर्वाचन बिरुद्ध वक्तव्य जारी गर्नु आपत्तिपूर्ण भएको बताएका हुन् ।

 उनीहरुले बाबुरामले पार्टीमा छलफल नै नगरी निर्णय लिएको र नेतृत्व स्वेच्छाचारी भएको भन्दै सो निर्णय फिर्ता गर्न माग गरेका छन् । उनीहरुले नयाँ शक्ति कुनै क्षेत्र र समुदायको मुद्दा बोकेर अघि बढ्ने पार्टी नभएको भन्दै स्वेच्छाचारी निर्णय फिर्ता गराउन पार्टीका सबै नेता कार्यकर्तालाई आग्रह गरेका छन्। 

आफ्नै केन्द्रीय सदस्य आफु बिरुद्द लागेपछि बाबुराम भने संकटमा परेका छन् । 

पढ्नुस पुरा बिज्ञप्ति ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved