राप्रपाले संशोधन प्रस्तावको विपक्षमा भोट हाल्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 24, 2017 | 04:09:35 AM मा प्रकाशित

laxmi  sunrise bank

राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीले यथास्थितिमा संविधान संशोधन प्रस्तावको विपक्षमा आफ्नो पार्टीले मतदान गर्ने स्पष्ट पारेका छन्।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले संशोधन प्रस्ताव राष्ट्रिय हित विपरित भएकोले आफ्नो पार्टीले प्रस्तावको विपक्षमा मतदान गर्ने बताएका हुृन्। उनले भने,‘एकचोटी संविधान संशोधन भैसक्यो, तर मधेशी मोर्चाले त्यसलाइए स्विकार गरेनन्, अहिले हामी यो सरकारको तेस्रो ठूलो घटक हौं, तर प्रस्ताव ल्याउँदा हामीसँग कुनै छलफल नै गरिएन, त्यसैले हामीलाई प्रस्तावको पक्षमा उभिनुपर्ने कुनै नैतिक बन्धन छैन्।’

गिरीले मधेशी मोर्चाले स्वयम यो प्रस्तावलाई नमानेको उल्लेख गर्दै कसको हितको लागि यो प्रस्ताव ल्याएको हो भन्ने कुरा नै अझै अस्पष्ट रहेको गुनासो पोखे। उनले थपे,‘मोर्चाले यो प्रस्ताव स्विकार गरेको छैन, ५ नम्बर प्रदेश पुरै आन्दोलित छ, एमालेपनि विरोधमा छ, यो प्रस्तावबाट को चाहीँ खुशी छ त ?’

उनले संविधान जारी गर्ने प्रमुख तीन दलहरु एकै ठाउँमा बस्न नसक्नुले पनि संविधानमा खोट रहेको कुरा पुष्टि भएको दाबी गरे। गिरीले थपे,‘हाम्रो एजेण्डा सम्बोधन नभएको अवस्थामा पनि हामीले यो संविधानलाई आलोचनात्मक रुपमा समर्थन गरेका हौं।’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved