'निर्वाचनको मिति घोषणा असंबैधानिक' भन्दै सशक्त आन्दोलन गर्ने संघिय गठबन्धनको निर्णय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 25, 2017 | 04:02:08 AM मा प्रकाशित

laxmi  sunrise bank

संघिय गठबन्धनले निर्वाचनको मिति घोषणा असंबैधानिक भएको ठहर गर्दै यसका बिरुद्द सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ। शिबरात्रिका दिन संघिय समाजबादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा भएको संघिय गठबन्धन केन्द्रीय आन्दोलन मूल परिचालन समितिको बैठकले यस्तो निर्णय गरेको हो। 

यस्ता छन संघीय गठबन्धनको ताजा निर्णय:  

संघीय गठबन्धनले सरकारलाई बुझाएको २६ बुँदे माग अहिलेसम्म पनि कार्यान्वयन नभएको र गाउँपालिका, नगरपालिका, विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको संख्या र सीमा निर्धारण आयोगले अहिलेसम्म पनि विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको संख्या र सीमा निर्धारण नगरेको अवस्थामा घोषित निर्वाचनको मिति आफैमा असंवैधानिक छ, तसर्थ वर्तमान सरकार आफैले संसद्मा दर्ता गरेको संशोधन विधेयक परिमार्जनसहित पारित नगरी २०७४ वैशाख ३१ गतेका लागि निर्वाचन घोषणा गरिएकोले स्थानीय तहको निर्वाचन हामीलाई मान्य छैन, र त्यसकारण यसका विरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरियो ।

आन्दोलनका भावी कार्यक्रम तय गर्नको लागि संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरियो । सो कार्यदलको सदस्यहरुमा, बृषेशचन्द्र लाल, केशव झा, रामनरेश राय, डा. ओम गुरुङ, डा. विजय सैंजु, दुर्गा राई, दलमर्दन कामी र प्रेमबहादुर खाती रहेका छन् । कार्यदलले एक हप्ताभित्रमा कार्यक्रमहरु बनाई संघीय गठबन्धनको बैठकमा प्रस्तुत गर्नेछ ।

उक्त कार्यदलले भावी आन्दोलनका कार्यक्रमहरु तय गर्ने, आन्दोलनलाई समर्थन र सहयोग गर्ने राजनीतिक दल÷नागरिक समाज÷विभिन्न सामाजिक संघ संस्थासँग छलफल तथा समन्वय गरी उनीहरुलाई आन्दोलनमा समर्थन गर्न र सहभागी हुन आह्वान गर्ने,

संघीय गठबन्धनले सरकारलाई दिएको समर्थन फिर्ता बारे संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित गठबन्धनमा आबद्ध संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गरी अर्को बैठकमा निर्णय गर्ने । 

प्रवक्ता 
ड़ा ओम गुरुङ 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved