मतदाता नामावलीमा नाम छ कि छैन,नभए या विवरण गल्ति भए के गर्ने ? यसरी थाहा पाउनुहोस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 26, 2017 | 11:51:37 PM मा प्रकाशित

laxmi  sunrise bank

राजनीतिक दलहरुबीच सतहमा स्थानीय तहको चुनाबबारे रस्साकस्सी रहेपनि नेपालमा चुनाबी माहोल छिरिसकेको छ। त्यसमा पनि सरकारले गत फागुन ९, सोमबार साँझ ७ बजे वैशाख ३१ गते स्थानीय तहको चुनाव गर्ने घोषणा गरेसंगै चुनाबी माहोल उत्कर्षमा पुगेको छ। 

राजनीतक दल र तिनका नेताहरु मतदाता फकाउन गाउँ गाउँ फर्किने क्रम तिब्र रुपमा अघि बढेको छ। यता चुनाब गराउने मुख्य जिम्मेवारी पाएको निर्वाचन आयोगपनि सरकारले तोकेको समयमै निर्वाचन गराउन आवश्यक काम धमाधम अघि बढाउदै छ। 

सरकारले निर्वाचनको मिति घोषणा गरेको र निर्वाचन आयोग यसको तयारीमा लाग्दै गर्दा मुख्य चुरो कुरो भनेको तपाई हाम्रो नाम मतदाता नामावलीमा छ कि छैन भन्ने नै हो। 

चुनाब भनेको आफ्नो प्रतिनिधि छान्न पाउने जनताको मुख्य अधिकार हो।  मतदाता नामावलीमा नाम नहुँदा कतै हामि आफ्नो र राम्रो प्रतिनिधि छनौट गर्ने अधिकारबाट बन्चित त छैनौ। 

त्यसो त अहिलेसम्म पनि हाम्रो नाम मतदाता नामावलीमा छैन भने हुन् सक्छ यस पालि भोट हाल्ने अवसर बाट बिमुख हुनु पर्ने छ। किनकि आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन रोकेको छ । मतदाता नामावली ऐन २०७३ मा भएको व्यवस्था अनुसार निर्वाचन मिति घोषणा भएको दिन देखि मतदाता नामावली बन्द हुन्छ। 

यद्दपी बिगतमा राजनीतिक दलहरुको सहमतिबाट निर्वाचन मिति घोषणा पछि पनि नयाँ मतदाता दर्ता गराउने गरिएको थियो। तर त्यो बेला ऐनमा व्यवस्था नभएको र अहिले संसदले बनाएको ऐनमा नै यसबारे उल्लेख गरिएकाले नयाँ मतदाता थप हुने सम्भावना न्यून रहेको निर्वाचन आयोगका सूचना अधिकारि सुर्य प्रसाद उपाध्यायले बिजपाटीलाई बताएका छन। 


तर निर्वाचन आयोगसँग भएको मतदाता नामावलीमा भएको विवरणमा केहि गल्ति भए त्यसलाई सच्याउन सकिन्छ। निर्वाचन आयोगले अन्तिम मतदाता नामावली जिल्ला जिल्लामा पठाउने गर्दछ। सो समयमा मतदाता नामावलीमा भएको विवरण सच्याउनु पर्ने भएमा मतदाताले सच्याउन सक्ने जनाइएको छ। 

मतदाता नामावलीमा आफ्नो विवरण सहि भएका र १८ बर्ष उमेर पुगेका नेपाली नागरिकले भोट हाल्न पाउने छन्। अहिलेसम्म कति जना मतदाता छन् भनेर आयोगले औपचारिक धारणा बाहिर ल्याएको छैन तर पनि करिब १ करोड ३८ लाख देखि ४० लाखको हाराहारीमा मतदाता रहने निर्वाचन आयोगले जनाएको छ। आयोगले १ करोड ४० लाख मत पत्र छपाउने तयारी गरेको छ।

मतदाता नामावलीमा नाम छ कि छैन, विवरणमा केही गल्ति छ कि ? जान्नका लागि यहाँ क्लिक गर्नुहोस 

 


 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved