गृहमन्त्रीको 'उत्तेजक अभिव्यक्ति'ले एमालेको ध्यानाकर्षण 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 28, 2017 | 11:35:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेले गृहमन्त्रीको अभिव्यक्ति प्रति आपत्ति जनाउदै आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । गृहमन्त्री विमलेन्द्र निधिले  एमालेले यही फागुन २१ गतेदेखि आयोजना गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियान विथोल्न आह्वान गरेको आरोप लगाएको छ ।

एमालेले आज एक बिज्ञप्ति जारि गर्दै निधिको उत्तेजक अभिव्यक्तिप्रति आपत्ति जनाएको हो ।बिज्ञप्तिमा भनिएको छ 'राष्ट्रिय एकता, स्वाभिमान, सद्भाव र संविधान कार्यान्वयनका लागि प्रमुख प्रतिपक्षी दलले आयोजना गर्न लागेको कार्यक्रम विथोल्नका लागि गृहमन्त्रीबाटै अभिव्यक्ति आउनु अत्यन्त खेदजनक र निन्दनीय छ । सरकारले घोषणा गरेको स्थानीय निर्वाचन सफल पार्न वातावरणसमेत तयार गर्ने मेची–महाकाली राष्ट्रिय अभियान भाँड्नका लागि मुलुकको शान्ति–सुरक्षाको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ ।'

 

एमालेले आफ्नो कार्यक्रममा कुनै अवाञ्छित गतिविधि भएमा त्यसको सम्पूर्ण जिम्मेवारी गृहमन्त्री निधी र सरकारले लिनुपर्ने बताएको छ । एमालेले अरुको लोकप्रियता र सफलताबाट अत्तालिएर त्यसरी अभिव्यक्ति नदिन, राजनीतिक कार्यक्रमको राजनीतिक रुपमा प्रतिस्पर्धा गर्न र स्थितिलाई भड्काउने खालका कुनै पनि हर्कत नगर्नका लागि  आह्वान गरेको छ।


केन्द्रीय प्रचार ाबिभाग प्रमुख योगेश भट्टराईद्वारा बिज्ञप्तिमा भनिएको  छ 'हाम्रो पार्टीले तराई–मधेसमा समेत निरन्तर रुपमा हासिल गरिरहेको साथै, त्यस्ता सद्भाव, एकता र लोकतन्त्रविरोधी तत्वहरुसँग सजग रहन हाम्रो पार्टी आमकार्यकर्ता र जनसमुदायलाई अपिल गर्दछ ।'

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved