मोर्चा-सरकार बैठक: राप्रपालाई फकाउने सत्तापक्षको तयारी, मोर्चाको अडान कायमै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 01, 2017 | 12:16:55 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेशी मोर्चा बीचको बैठक बालुवाटारमा सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आब्हान गर्नुभएको बैठकमा संविधान संशोधन, स्थानीय तहको निर्वाचन र स्थानीय तहको संख्या निर्धारणका विषयमा कुराकानी भएको थियो ।

बैठकमा मोर्चा पक्षले संशोधन प्रस्ताव पारित नभई चुनावमा जान नसकिने अडान दोहोर्‍याएको थियो  । मोर्चाको अडानपछि सत्तापक्षले विधयेक पास गराउन राप्रपासंग कुरा गरेर अगाडी बढ्ने बताएका थिए  । बैठकमा विधयेक पास गराउन सरकारले सबै प्रयास गर्ने तर त्यति गर्दा पनि बिधेयक पास नभए मोर्चा चुनावमा जानु पर्ने सुनिश्चितता हुनु पर्ने सत्तापक्षको माग थियो । 

त्यस प्रस्तावमा छलफल गर्न मोर्चाले बिजुलीबजारमा बैठक डाकेको छ । आज मोर्चाले आपसमा छलफल गर्ने र भोली पुन सत्तापक्षसंग छलफल गर्ने तयारी भएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved