अनेरास्ववियु क्रान्तिकारीको तालाले गोर्खा क्याम्पसको चुनाब अनिश्चित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 01, 2017 | 06:50:42 AM मा प्रकाशित

laxmi  sunrise bank

अनेरास्ववियु क्रान्तिकारीले क्याम्पसमा लगाएको ताला नखोले पछि गोरखा क्याम्पस गोरखा मा स्व वि यू चुनाव स्थगित भएको छ। नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संघ अनेरास्ववियु क्रान्तिकारीले ३ बुंदे माग अघि सार्दै ताला लगाएको कारण चुनाब अनिश्चित भएको जनाइएको छ।

अनेरास्ववियु क्रान्तिकारीले नेपाल बिद्यार्थी संघ भन्दा पहिले आफ्नो मनोनयन दर्ता हुनु पर्ने माग अघि सारेको छ। यद्दपी रोलक्रम अनुसार मनोनयन दर्ता हुनु पर्ने विवादलाई पन्छ्याउदै अनेरास्ववियु क्रान्तिकारीको प्रस्ताबलाई नेविसंघले स्वीकार गर्दा समेत उनीहरुले निर्वाचनमा भाग लिदैंनौ भन्दै बैठक बहिस्कार गरेको जनाइएको छ।

अनेरास्ववियु क्रान्तिकारीका अन्य मागमा निर्वाचन समितिले राजिनमा दिनु पर्ने, उम्मेद्वारको प्रस्ताबक र समर्थकको हस्ताक्षर फर्जी भएको भन्दै हस्ताक्षर प्रमाणित हुनु पर्ने रहेको छ। 

अनेरास्ववियु क्रान्तिकारीले ताला नखोले पछि गोरखा क्याम्पस गोरखा मा स्व वि यू चुनाव अनिस्चित भएको छ भने द्रव्य शाह बहुमुखी क्याम्पसमा भने भोली चुनाव हुने भएको छ।



 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved