यी हुन् नेपालका लागि नयाँ भारतीय राजदूत,  कुनै समय हिन्दुस्तान युनिलिभरका कर्मचारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 02, 2017 | 12:50:01 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतले नेपालका लागि नयाँ भारतीय राजदूतमा मञ्जिभ सिंह पुरीको नाम सिफारिस गरेको छ। पुरी यस अघि बेल्जियम, लक्जेम्बर्ग र युरोपियन युनियनमा राजदुतको रुपमा कार्यरत थिए । फेब्रुअरीमा उनको कार्यकाल सकिएपछि पुरी नेपालका लागि सिफारिश भएको श्रोतले जनाएको छ।

सन् १९८२ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका पुरी २००९ देखि २०१३ सम्म संयुक्त राष्ट्रसंघका लागि भारतीय राजदूत बनेका थिए। स्रोतका अनुसार पुरीको एग्रिमोका लागि भारतले नेपालको परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ। 

नेपालको परराष्ट्र मन्त्रालयले पुरीको एग्रिमो पठाएपछि उनी नेपालको राजदूत बनेर आउने छन्। पुरी यस अघि जर्मनी, थाईल्याण्ड, भेनेजुएला , दक्षिण अफ्रीका र  ओमानको राजदुत बनिसकेका छन् ।   

५८ बर्षीय पुरीले ब्यबस्थापन बिषयमा स्नातकोत्तर तथा अर्थशास्त्रमा बिए अनर्स गरेका छन् ।  भारत सरकारको जागिर खानु अघि उनी हिन्दुस्तान युनिलिभरमा काम गर्थे ।   

हालका राजदुत रंजित रायको कार्यकाल सकिएपछि बिदा भईसकेका छन् ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved