पर्यटकीय नगरी पोखराको छोरेपाटन–लामेआहाल सडक स्तरोन्नति गरिँदै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 02, 2017 | 01:43:09 AM मा प्रकाशित

laxmi  sunrise bank

छोरेपाटनबाट कृस्तिनाच्नेचौर, निर्मलपोखरी, भरतपोखरी हुँदै लेखनाथको लामेआहाल जोड्ने सडक स्तरोन्नति कार्य सुरु गरिएको छ ।

 राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत उक्त क्षेत्रको कुल २३.४८२ किमी लम्बाइको सडक स्तरोन्नति गरिने भएको आयोजना व्यवस्थापक राजु रेग्मीले जानकारी दिए। उनका अनुसार योजना सम्पन्न गर्न करिब रु २६ करोड २ लाख लागत अनुमान गरिए पनि रु २१ करोड १८ लाखमा सम्झौता भएको छ ।

फाइल फोटो

सडक स्तरोन्नति कार्यको निर्माण सम्झौता विसं २०७२ चैत १ मा भएको र विसं २०७४ फागुन २५ मा काम सम्पन्न हुने छ । सडक स्तरोन्नति भएसँगै कास्कीका कृस्तिनाच्नेचौर, निर्मलपोखरी, भरतपोखरी क्षेत्रका स्थानीयवासी लाभान्वित हुने बाटो निर्माण उपभोक्ता समितिका सचिव गुरुप्रसाद पौडेलले बताए ।

व्यवस्थित सडक निर्माणले भरतपोखरीका हुडिकोट, कोटभैरव, बर पाण्डेथुम, निर्मलपोखरीको फोक्सिङकोटलगायत स्थल पर्यटकको रोजाइमा पर्नाका साथै यहाँबाट जोडिने काउले, सुरौदी जलाधार क्षेत्रमा पर्ने दराङसिङ, छहरा, कुलिङबराह, चवादीलगायत स्थानको समेत विकास हुने अपेक्षा गरिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved