मोर्चालाई प्रदिप ज्ञवालीको चुनौती ‘सार्मथ्य छ भने मधेशमा २० प्रतिशत मत ल्याएर देखाउनुहोस्'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 02, 2017 | 03:09:05 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो जनताको नाममा गरेको सम्बोधनको आफ्नो पार्टीले स्वागत गरेको बताए।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले प्रधानमन्त्रीले चुनावप्रति अठोट देखाएको भन्दै उक्त अठोट व्यवहारमा लागु होस् भन्ने आफूहरुको शुभकामना र चाहना रहेको बताए। ज्ञवालीले भने,‘बैशाख ३१ आउँन अब जम्मा ७३ दिन बाँकी छ, चुनाव गर्ने समय छोटो छ, निर्वाचन सम्पन्न गर्नको लागि सहयोग पुर्याउन सबै खाले सहयोग गर्न हाम्रो पार्टी तयार छ।’

उनले निर्वाचनको अवरोध गर्नुभन्दापनि सबै दल निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिए। उनले थपे,‘सबै दललाई चुनावमा ल्याउनको लागि सरकारले पहल गर्नुपर्छ।’ उनले मधेशी मोर्चाले पनि तराईमा आफ्नो वर्चस्व छ भनेर दाबी गरिरहेकोले चुनावमा भाग लिएर त्यो सिद्ध गरेर देखाउन चूनौति दिए। उनले थपे,‘मोर्चालेपनि चुनावमा भाग लिएर मतमार्फत आफू बलियो छु है भनेर देखाए त भैहाल्यो नि?’

उनले स्थानीय तहलाई दिईएको अधिकार उपर्युक्त भएको उल्लेख गर्दै भने,‘अहिले संख्या बढाउने कुरा भैरहेको छ, संवैधानिक आयोगले निर्धारण गरेको संख्यलाई कार्यकारीले बढाउने कुरा भैरहेको छ, यसको बारेमा गहन छलफल होस्।’

उनले मधेशी मोर्चा नआउँदापनि स्थानीय तहको निर्वाचन हुने दाबी गरे। उनले थपे,‘सकेसम्म ल्याउने कोशिश भैरहेको छ, यो सरकारको काम हो, तर उहाँहरु नआएपनि चुनाव हुन्छ, हिजो मोहन बैधजीहरुलेपनि दोस्रो संविधानसभाको चुनाव बहिष्कार गरेकै हो नि, तर ७६ प्रतिशतले चुनावमा भाग लिएका हुन्।’

उनले चुनाव हुनै दिन्न भनेर मोर्चाले धम्कीको राजनीति गर्न नमिल्ने स्पष्ट पारे। उनले थपे,‘सार्मथ्य छ भने मधेशमा २० प्रतिशत मत ल्याएर देखाउनुहोस्, हामी उहाँहरुको कुरामा विचार गर्न सक्छौं।’ उनले संविधान संशोधनमा आफ्नो पार्टीको धारणा यथावत रहेको जिकिर गरे।

उनले मधेशी मोर्चाका नेतृत्वले चुनावमा भाग नलिएपनि स्थानीय कार्यकर्ताहरुले चुनावमा भाग लिने विश्वास व्यक्त गरे। उनले अहिलेको अर्जुनदृष्टि नै चुनाव भएको जिकिर गरे।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved