आइजीपी नियुक्ति विवाद: सर्बोच्च अझै अनिर्णित, गर्यो यस्तो फैसला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 02, 2017 | 04:06:12 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीको नयाँ आइजीपी नियुक्ति संबन्धमा सर्बोच्च अदालतमा एक हप्तादेखि चलेको बहसमा आज फैसला हुने अपेक्षा गरिए पनि त्यो पुरा हुन् सकेन । तर अदालतले आज मुद्दाको सुनुवाई गर्दै फागुन १ र २ मा जारी अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश दिएको छ ।

अदालतले ३ दिनभित्र लिखित जवाफ पेस गर्न पनि सरकारलाई आदेश दिएको छ । त्यस पछि पूर्ण इजलासमा पुन:सुनुवाइ हुने अदालतले बताएको छ । 

 अदालतले फागुन १ र २ मा   डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा नियुक्त गर्ने सरकारको निर्णय तत्काल कार्यन्वयन नगर्न नागाराउन आदेश दिएको थियो । 

 अधिबक्ता कपिल देव ढकालले सरकारले बरियता मिचेर डीआईजी जयबहादुर चन्दलाई लाई नियुक्ति गर्न लागेको भन्दै त्यसलाई रोक्न माग गर्दै माघ २८ गते शुक्रबार मुद्दा दायर गरेका थिए। त्यसको सुनुवाई हुनु अघि नै मन्त्रिपरिषद बैठकले चन्दलाई आइजीपीमा नियुक्ति गरेको थियो । सोहि दिन सर्बोच्चले चन्दको नियुक्ति तत्काल कार्यान्वयन नगर्न नगर्न अन्तरिम आदेश दिएको थियो । 

त्यस्तै पहिलो बरियतामा रहेका डिआईजी नवराज सिलवालले बरियताक्रम अनुसार आफुलाई आइजीपी बनाउन माग गर्दै अर्को रिट दायर गरेका थिए । सर्बोच्चले दुवै रिटलाई एक साथ राखी गत बुधबार देखि बहस सुरु गरेको हो । न्यायाधीश इश्वर खतिवडा र हरिकृष्ण कार्कीको इजलाशमा बहस भएको हो ।

यो मुद्दाको किनारा नालाग्दासम्म सरकारले प्राविधिक एआइजी डा दिनेशचन्द्र पोखरेललाई निमित्ति प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved