शुक्रबार कालिमाटी तरकारी बजार बन्द हुने, आज नै तरकारी खरिद बिक्रि गर्न आग्रह

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 02, 2017 | 10:54:27 PM मा प्रकाशित

laxmi  sunrise bank

भोलि शुक्रबार कालिमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ । बजार बन्द हुने भएकाले आज नै तरकारी खरिद बिक्रि गर्न बजार विकास समितिले आग्रह गरेको छ । 

२०६८ फागुन २० गते बजारमा भएको भीषण आगलागीमा ६ जनाको मृत्यु भएको थियो भने लाखौको क्षति भएको थियो । सोहि दिनको सम्झनामा हरेक बर्ष फागुन २० लाई  कालो दिन मानेर बजार बन्द गरिँदै आएको छ । भवनमा समितिले हरेक वर्ष फागुन २० गते मृतआत्माको चीरशान्तिको कामना गर्दै पुजापाठ, रुद्रीपाठ गर्ने गरेको छ ।
 

 त्यस आगलागीमा परी कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सुरक्षाकर्मी हीराबहादुर पुन, उनका तीन छोराछोरी, धादिङका पुजन मिजार र बाराका ओमप्रकाश जैसवालको मृत्यु भएको थियो । 

आगलागीकोपछि सुरु भएको बजार पुनर्निर्माणको काम लगभग पुरा भएको समितिले जनाएको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved