भारतीय वित्तमन्त्रीद्वारा ‘नेपाल लगानी सम्मेलन’ लाई सम्बोधन, यस्तो छ बाँकी कार्यक्रम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 03, 2017 | 03:44:16 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतका वित्तमन्त्री अरुणकुमार जेट्लीले मेहनती नेपाली र सरकारको सकारात्मक नीति लगानीको ठुलो अवसर भएको बताए ।  आज अपरान्ह दुईदिने औपचारिक भ्रमणको लागि नेपाल आईपुगेका जेट्लीले दिउँसो ४ बजे ‘नेपाल लगानी सम्मेलन’लाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन।   

उद्योग मन्त्रालय र लगानीबोर्डको संयुक्त आयोजनामा गरिएको यस ‘नेपाल लगानी सम्मेलन’ का उनि एक प्रमुख बक्ताका रुपमा नेपाल आएका हुन्। सम्मलेनलाई सम्बोधन गर्दै उनले हरेक अर्थतन्त्र माथि उठ्न्को लागि सुरुमा लगानी आवशयक भएको बताए । उनले नेपालको प्राकृति क्षेत्रमा लगानी बढाउन  जोड दिए । 

नेपाल प्राकृतिक रुपले मात्र धनी नभई संस्कृति र पर्यटनको हिसाबले अनि धनी भएको बताउदै नेपालसंग ठुलो अवसर भएको बताए  । नेपालको विकासको लागि भारत सरकार र भरतीय ब्यबसायीले नेपाललाई पूर्ण सहयोग गर्ने बिश्वास समेत उनले दिलाए  ।

उनले कुनै पनि देश लगानी मैत्री हुनको लागि सजिलो 'इन्ट्री /एक्जिट पोलिसी' अर्थात् सजिलै लगनी गर्न सकिने र सजिलै छोड्न सकिने वातावरण हुनु पर्नेमा जोड दिए ।  उनले सम्मेलनको आयोजना गरेर नेपाल सरकार राम्रो संदेश दिएको बताउदै भारतले नेपाललाई अनेकौ कोणबाट सहयोग गरिरहेको दाबी गरे । 

नेपाल र भारत जोड्ने रेलमार्ग, सिचाई आयोजना,विद्युत् प्रशारण लाइन, नयाँ सडक, बिभिन्न शैक्षिक प्रतिष्ठान र हेल्थ केयर इस्ट्च्यिुशनको विकासमा नेपाललाई सहयोग गर्ने विषयमा भारत गम्भीर रहेको जेट्लीले सम्मेलनमा जानकारी गराएका छन।  

मन्त्री जेट्लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आजै साँझ शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफ्ना नेपाली समकक्षी महरासँग मन्त्री जेट्लीले बेग्लाबेग्लै भेट गर्ने कार्यक्रम छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved