यसरी भयो नेपाल लाइफ इन्स्योरेन्सको एफपिओ बाँडफाँड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 03, 2017 | 09:50:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सको एफपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले शुक्रबार बिहान एफपिओ  बाँडफाँड गरेको हो । बाँडफाँड मोडल अनुसार १० कित्तादेखि १६० कित्तासम्म माग गरेका आवेदकलाई चिठ्ठा प्रथाबाट १० कित्ता सेयर बाँडफाँड गरिएको छ  ।

४० कित्ता माग गर्ने मध्ये  ८३६ जनाले, ५० कित्ता माग गर्ने मध्ये २३ सय ४६ जनाले, ६० कित्ता माग गर्ने मध्ये ५५४ जनाले, ७० कित्ता माग गर्ने मध्ये १२ सय ४५ जनाले, ८० कित्ता माग गर्ने मध्ये   ५१४ जनाले, ९० कित्ता माग गर्ने मध्ये १७० जनाले, १० कित्ता माग गर्ने मध्ये  चार हजार ८० जनाले, ११० कित्ता माग गर्ने मध्ये ९५७ जनाले, १३० कित्ता माग गर्ने मध्ये २९६ जनाले, १४० कित्ता माग गर्ने मध्ये ९१८ जनाले, १५० कित्ता माग गर्ने मध्ये १२ सय १६ जनाले र १६० कित्ता माग गर्ने मध्ये ३४७ जनाले सेयर पाएका छन्।

त्यस्तै १७० कित्तादेखि १८० कित्तासम्म आवेदन दिने सबैले १० कित्ताका दरले सेयर पाएका छन् भने १९० देखि २१० कित्तासम्मको लागि आवेदन दिएकाले सबैले ११ कित्ताका दरले सेयर पाएका छन् । सबैभन्दा धेरै अर्थात ३० हजार ९६० कित्ता आबेदन गर्नेले १७ हजार ४१ कित्ता पाएका छन् ।

 यस अनुसार कुल एक लाख ६५ हजार पाँच सय ६४ जनाले सेयर पाएका छन् ।  

कुल दुई लाख ५५ हजार २१५ जना आवेदक रहेकामा १६२ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved