स्थानीय चुनावका कारण कक्षा ११ को बार्षिक परीक्षा सर्यो, १२ को नसर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 03, 2017 | 10:38:04 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय परिक्षा बोर्डले विसं २०७४ सालको कक्षा ११ को परीक्षा सञ्चालन मिति परिवर्तन गर्ने निर्णय गरेको छ। सरकारले आउँदो वैशाख ३१ गते स्थानीय निकायको चुनाव घोषणा गरेकोले परिक्षाको मिति परिवर्तन गरिएको बोर्डले जनाएको छ । बोर्डको परीक्षा सञ्चालन समितिको शुक्रबार बिहान बसेको बैठकले कक्षा ११ को परीक्षा सञ्चालन मिति सार्ने निर्णय गरेको हो । 

जस अनुसार यस अघि वैशाख २४ गतेदेखि सुरु हुने भनिएको कक्षा ११ को  परीक्षा अब असार १ देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ। बैठकले कक्षा १२ को परीक्षा भने यथावत मितिमा नै गर्ने निर्णय गरेको छ । कक्षा १२ को परीक्षा वैशाख १० गतेदेखि २२ गते सम्म संचालन हुने छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved