गाई कि हलो? राप्रपा केन्द्रीय समिति बैठकले टुंगो लगायो चुनाव चिन्ह

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 03, 2017 | 11:57:54 PM मा प्रकाशित

laxmi  sunrise bank

राप्रपाको केन्द्रीय समिति बैठकले लामो समय देखि चुनाव चिन्हमा देखिएको विवाद समाधान गरेको छ ।  बिहिबार देखि जारि केन्द्रीय समिति  बैठकले राप्रपाको चुनाव चिन्ह गाई नै रहने केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए  । 

एकता प्रक्रियामा चुनाव चिन्ह महाधिबेशनले टुंगो लगाउने गरी सहमति भएको थियो। तर माहाधिबेशनमा पनि यस वैश्यमा विवाद देखिएपछि महाधिबेशनपछिको पहिलो केन्द्रीय समिति  बैठकले चुनाव चिन्हको टुंगो लगाएको हो  । 

राप्रपा र राप्रपा नेपाल मिलेर बनेको राप्रपाभित्र चुनाव चिन्ह गाई कि हलो बनाउने भन्नेमा नेताहरु विभाजित थिए । राप्रपा पृष्ठभूमिका नेताहरूले चुनाव चिह्न हलो राखिनुपर्नेमा जोड दिएका थिए भने राप्रपा नेपाल पृष्ठभूमिका नेताहरूले गाईलाई नै चुनाव चिह्नको मान्यता दिलाइनुपर्ने धारणा राखेका थिए । 

तर बर्तौलाले भने चुनाव चिन्ह "गाई" राख्ने सर्बसम्मत निर्णय भएको दाबी गरे । बैठकले आगामी चैत ८ गते गोरखा, काठमाडौं, झापा र कञ्चनपुरबाट एकैसाथ राष्ट्रिय एकता यात्रा गर्ने निर्णय गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved