द्रब्यशाहमा नेविसंघ विजयी, गोरखा क्याम्पसको ताला अझै खुलेन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 04, 2017 | 02:30:25 AM मा प्रकाशित

laxmi  sunrise bank

गोरखाको लक्ष्मीबजारमा रहेको द्रव्यशाह बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र बिधार्थी युनियनको निर्वाचनमा नेपाल बिधार्थी संघ बिजयी भएको छ । नेविसंघका तर्फबाट सभापतिका उम्मेदवार बनेका प्रबिन बस्नेतले ८७ भोट ल्याएर बिजयी भएका हुन । 

उनका निकटतम अनेरास्ववियु क्रान्तिकारीका मनोज राना मगरले ८४ मत प्राप्त गरेका थिए । बस्नेतले मगरलाई जम्मा ३ मतले पछि पारेका हुन् । त्यस्तै नयाँ शक्ति बिधार्थी युनियनका सभापतिका उम्मेदवार अनुपम आचार्यले ६२ मत तथा अनेरास्ववियुका तर्फबाट उम्मेदवार सृष्टि लामाले ५५ मत प्राप्त गरेका थिए भने क्रान्तिकारी बिधार्थी संघका कल्पना नेपालीले ३ मत प्रप्त गरिन । त्यस्तै सचिवमा नेविसंघ कै पुजा न्यौपानेले ९९ मत ल्याएर विजय भइन भने कोषाध्यक्ष नेविसंघ कै शोभा थापाले ९२ मतका साथ बिजयी भइन् । 


त्यस्तै सदस्यहरुमा पनि नेविसंघ कै र्बचश्व रह्यो । ६ जना सदस्य मध्ये ५ जना नेविसंघ कै सदस्य निर्वाचित भए । नेविसंघका तर्फबाट सदस्यहरुमा शिवहरी तिमल्सिना १०० मत, दिपाश्री भट्टराई १०० मत, निर्मल श्रेष्ठ ९८ मत, हसिना मियाँ ९६ मत, राजु कोइराला ९० मत तथा नयाँ शक्ति बिधार्थी युनियनका तर्फबाट राजकुमार गुरुङले ९० मत प्राप्त गरी निर्वाचित भएका हुन् । 


जम्मा २ सय ९८ मत खसेकोमा ६ मत भने बदर भएको निर्वाचन समितीले जनाएको छ । 
समानुपातिक तर्फ पनि नेविसंघ नै अगाढी रहेको छ । समानुपातिक तर्फ नेविसंघले १०३, अनेरास्ववियु क्रान्तिकारीले ७९, नयाँ शक्ति बिधार्थी युनियनले ७०, अनेरास्ववियुले ४३ र क्रान्तिकारी बिधार्थी संघले ३ मत प्राप्त गरेको निर्वाचन समितीका एक सदस्यले जानकारी दिए । यस क्याम्पसमा ५ संगठनका बिभिन्न पदमा ३७ जना चुनावी मैदानमा रहेका थिए ।


त्यस्तै गोरखा क्याम्पसमा पनि १८ गते नै हुने भनिएको स्वतन्त्र विधार्थी युनियनको निर्वाचन  अनिस्चित कालका लागी स्थगित भएको छ । मनोनयन दर्ता क्रममा नेविसंघ र अनेरास्ववियु क्रान्तिकारी बिच विवाद भए पछि गोरखा क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट बिधार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले ताला लगाएको छ । 


निर्वाचन कार्य तालिका बमोजिम गत शनिबार मनोनयन दर्ता गर्ने क्रममा नेपाली काँग्रेस निकट बिधार्थी संगठन नेपाल बिधार्थी संघ भन्दा पहिला दर्ता हुनुपर्ने भन्दै क्रान्तिकारीले क्याम्पसमा ताला लगाएको क्याम्पस निर्वाचन समितीले जनाएको छ । ताला खेल्ने र स्ववियु चुनाव गर्ने भनि निर्वाचन समिती, क्याम्पस प्रशासन र बिधार्थी संगठनहरु बिच पटक पटक वार्ता र छलफल भइसकेता पनि वार्ता सफल हुन नसकेको नेविसंघ गोरखा क्याम्पस इकाइका सभापति सुवास अधिकारीले जानकारी दिएका छन् । गोरखा क्याम्पसमा स्ववियु चुनाव कहिले हुने भन्ने बारे अन्यौल भएको क्याम्पस स्रोत बताउछ । 


गोरखा क्यम्पस र द्रब्यशाह बहुमुखी क्यम्पसमा यसअघि २०६५ सालमा भएको स्ववियु चुनावमा अनेरास्वबियु क्रान्तिकारीले बिजय हासिल गरेको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved