सकियो दुई दिने लगानी सम्मेलन, नेपालको बजेटभन्दा बढीको लगानी प्रतिबद्दता 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 04, 2017 | 03:42:23 AM मा प्रकाशित

laxmi  sunrise bank

 अन्तरिक तथा बाह्य लगानी जुटाउन काठमाडौंमा दुईदिनसम्म चलेको अन्तर्राष्ट्रिय लगानी सम्मेलन सपन्न भएको छ ।  सम्मलेनमा नेपालको कुल बजेट भन्दा पनि बढीको लगानी प्रतिबद्दता आएको छ  । 

उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा भएको सम्मेलनमा १३.५२ बिलियन डलर अर्थात् १४ खर्ब ४६ अर्ब बढीको लगानी प्रतिबद्दता आएको छ  । नेपालको २०७३/७४ को बार्षिक बजेट १० खर्ब ४८ अर्ब थियो ।  

विभिन्न देशबाट सहभागी २ सय ५० भन्दाबढी विदेशी लगानीकर्ताले नेपालका विभिन्न सम्भाब्य क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता जनाएका हुन् । लगानी बोर्डका अनुसार उर्जा, यातायात, कृषि, पर्यटन र सूचना तथा प्रविधि लगायताका पुर्वाधार क्षेत्रमा लगानीका लागि प्रतिबद्धता आएको छ ।

सम्मेलनमा उद्योग मन्त्री नविन्द्र राज जोशीले आगामी ३ महिना भित्र एफडिआईमा देखिएका ३ प्रमुख समस्या हल गर्ने प्रतिबद्दता जनाउदै लगानीकर्ताको लगानी सुरक्षित हुने बिश्वास दिलाएका थिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved