गिनिज बुकमा नाम लेखाउदै परियार, हातले टेकेरै २ किमी दुरी पार (भिडियोसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 05, 2017 | 09:17:48 PM मा प्रकाशित

laxmi  sunrise bank

आफ्नो कला र कौशलबाट बिश्व प्रतिष्ठित गिनिज बुकमा नाम लेखाउन क्रम बढ्दो छ । यसको लागि जो कोहि पनि लालायित हुन्छन । र त्यसको लागि उनीहरु कडा परिश्रम पनि गर्छन । गिनिज बुकको विभिन्न विधामा नेपालीहरुले पनि नाम दर्ज गर्न सफल भईसकेका छन् र केहि दर्ज गर्नको लागि कडा मेहनत गर्दै छन् । 

यिनै मध्येका एक पात्र हुन् ऋषि परियार दाङ तुल्सीपुर नगरपालीका १ राणागाउँ निवासी यी २५ बर्षीय युवा हातको सहाराले हिडेर बिश्व किर्तिमान राख्नको लागि दिनरात कडा मेहनत गरिरहेका छन् ।  उनी यसको लागि राप्ती लोकमार्ग अन्तर्गतको लाहुरे चौर सडक खण्डमा दिनहु हिंड्ने अभ्यास गर्छन । उपयुक्त हिड्ने स्थान अभाव भएकोले सडक मै हिन्दु पर्ने बाध्यता भएको उनी बताउछन् । 

 उनले सुरुमा हात टेकेर उल्टो भई हिड्दा उनलाई स्थानीयले 'यो पागल हुँदैछ' भन्ने गरेको कुरा उनी सुनाउछन् ।  उनलाई यसरी हिड्नु भन्दा बैदेशिक रोजगारीमा गएर पैसा कमाउन पनि सुझाव दिएका थिए स्थानीयले । तर परियारसंग अठोट छ, बिश्व रेकर्ड कायम गर्ने । त्यहि भएर उनी दिन रात त्यहि अभ्यासमा लागि रहेका छन् । 

अहिले उनलाई सहयोग गर्ने क्रम पनि बढेको छ । उनी भन्छन 'मलाई मेरै गाउँको समदर्शी युवा क्लवले साथ दियो, तुल्सीपुर उद्योग बाणिज्य संघले साथ दियो मिडियाका सरहरुले साथ दिनुभयो र मेरो गाउँमा मात्रै सिमित रहेको म दाङ जिल्ला लगायत केन्द्र सम्म परिचित हुन पुगे ।' 

 उनले ४ महिना पहिले स्थानीय समदर्शी युवा क्लबको आयोजनामा र तुलसीपुर् उद्योग बाणिज्य संघको समन्वयमा तुलसीपुर १ राणा गाउँको लाहुरे चौर देखि गुटीखोला सम्मको २ किलोमिटरजी दुरी हातले नै टेकेर पार गरेका थिए । उनले यसको लागि ९-१० बर्षको अभ्यास र मेहनत गरेको बताउछन् ।

उनको एक मात्र गुनासो छ ' मैले यसरी देशको नाम रोशन गर्न लाग्दा पनि कसैले मलाई समबन्धित ठाउमा पुर्याईदिएँन' । बिश्व रेकर्ड कायम गर्नको लागि सम्बन्धित निकायसम्म कसैले पुर्याईदिओस भन्ने उनको चाहना छ । साथी उनले यसको लागि सहयोगको अपिलसमेत गरेका छन् ।

हेर्नुस भिडियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved