एसियन लाइफको एजिएमको लागि बुक क्लोज मिति तय, बोनस र हकप्रद पारित गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 05, 2017 | 10:49:22 PM मा प्रकाशित

laxmi  sunrise bank

एसियन लाइफ इन्स्योरेन्सले चैत्र १७ गते साधारण सभा गर्ने भएको छ ।  साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत्र ३ देखि चैत्र १७ सम्म शेयर धनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । चैत्र २ गते सम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउने छन् । 

साधारण सभाले यस अघि प्रस्तावित २० प्रतिशत बोनस शेयर प्रस्ताव र ५० प्रतिशत हकप्रद प्रस्तव पारित गर्ने छ । 

हाल एसियन लाइफको चुक्ता पुंजी ६७ करोड १३ लाख रुपैयाँ रहेको छ। २० प्रतिशत बोनस तथा बोनस पछि कायम चुक्ता पुंजीको ५० प्रतिशत हकप्रद वितरण पश्चात एसियन लाइफको चुक्ता पुंजी १ अर्ब २० करोड पुग्ने छ। एसियन लाइफले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २ करोड ९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved