नेपाल लाइफको एफपीओ नपरेको पैसा आज देखि फिर्ता  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 09, 2017 | 10:16:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफको इन्स्योरेन्सको एफपीओ नपरेको पैसा आज बिहिबार (फागुन २६)  देखि फिर्ता हुदै छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले फागुन २० गते बिहान एफपिओ बाँडफाँड गरेको थियो।

सिद्दार्थ क्यापिटलले दिएको जानकारी अनुसार नेपाल लाइफको एफपीओ भर्ने क्रममा सिद्दार्थ बैंक लगायत १४  बैंकको खाता नम्बर उपलब्ध गराएका आवेदकहरुको पैसा भने सिधै खातामा जम्मा हुने छ।

यस डेभलपमेन्ट बैंक, कुमारी बैंक, पुर्णिमा विकास बैंक, माछापुछ्रे बैंक, यति डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक, एनसीसी बैंक, तिनाउँ डेभलपमेन्ट बैंक, सिद्दार्थ बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, गुडविल फाइनान्स, एनआईसी एसिया बैंक, ज्योती विकास बैंक, सिद्दार्थ डेभलपमेन्ट बैंकको खाता नम्बर उपलब्ध गराएका आवेदकहरुको पैसा भने सिधै खातामा जम्मा हुने छ। 

यी १४ बैंक बाहेकका खाता नम्बर उपलब्ध गराएकाले एफपीओ  नपरेको पैसा फिर्ता लिनका लागि आबेदन भरेको संकलन केन्द्रमा प्रमाण (पैसा बुझाएको रसिद) र आफ्नो परिचय पत्र सहित आवेदन दिएको स्थानमा जानुपर्ने छ। त्यस्तै स्वयं उपस्थित हुन् नसके आवेदकको मंजुरिनामा र आबेदन भरेको प्रमाण (पैसा बुझाएको रसिद) स्वयंले प्रमाणित गरी पठाउने पर्ने छ ।  

नेपाल लाइफको एफपीओ बाँडफाँड मोडल अनुसार १० कित्तादेखि १६० कित्तासम्म माग गरेका आवेदकलाई चिठ्ठा प्रथाबाट १० कित्ता सेयर बाँडफाँड गरिएको छ  ।

४० कित्ता माग गर्ने मध्ये  ८३६ जनाले, ५० कित्ता माग गर्ने मध्ये २३ सय ४६ जनाले, ६० कित्ता माग गर्ने मध्ये ५५४ जनाले, ७० कित्ता माग गर्ने मध्ये १२ सय ४५ जनाले, ८० कित्ता माग गर्ने मध्ये   ५१४ जनाले, ९० कित्ता माग गर्ने मध्ये १७० जनाले, १० कित्ता माग गर्ने मध्ये  चार हजार ८० जनाले, ११० कित्ता माग गर्ने मध्ये ९५७ जनाले, १३० कित्ता माग गर्ने मध्ये २९६ जनाले, १४० कित्ता माग गर्ने मध्ये ९१८ जनाले, १५० कित्ता माग गर्ने मध्ये १२ सय १६ जनाले र १६० कित्ता माग गर्ने मध्ये ३४७ जनाले सेयर पाएका छन्।

त्यस्तै १७० कित्तादेखि १८० कित्तासम्म आवेदन दिने सबैले १० कित्ताका दरले सेयर पाएका छन् भने १९० देखि २१० कित्तासम्मको लागि आवेदन दिएकाले सबैले ११ कित्ताका दरले सेयर पाएका छन् । सबैभन्दा धेरै अर्थात ३० हजार ९६० कित्ता आबेदन गर्नेले १७ हजार ४१ कित्ता पाएका छन् ।

कुल दुई लाख ५५ हजार २१५ जना आवेदक रहेकामा १६२ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

 यो पनि : फरवार्ड कम्युनिटीको सेयर नपरेको पैसा आजदेखि फिर्ता, यी बैंकहरुमा खाता भए पैसा सिधै जम्मा हुने

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved