कञ्चनपुरमा झडप, भारतीय प्रहरीले गोली चलाउँदा १ नेपालीको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 10, 2017 | 12:31:38 AM मा प्रकाशित

laxmi  sunrise bank

कञ्चनपुरमा नेपाली पक्षले बनाएको कल्भर्टको बिषयलाई लिएर नेपाली र भारतीय पक्षबिच विवाद हुँदा १ जनाको मृत्यु भएको छ । झडपका क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोली लागेर घाइते भएका पुर्नवास नगरपालिका–८ का गोविन्द गौतमको उपचारका क्रममा मृत्यु भएको हो । गौतमको डाढमा गोली लागेको थियो।

कञ्चनपुरको पुर्नवास नगरपालिका–८ आनन्द बजार नजिकै नेपाली पक्षले कल्भर्ट निर्माण गरेको थियो ।  त्यस कल्भर्ट गुगल म्यापले भारतको भूमि देखाएपछि भारतीय पक्षले निर्माण रोक्न दबाब दिएर अवरोध पुर्‍याएपछि झडप भएको थियो ।  झडपका क्रममा केहि प्रहरी समेत घाइते भएका छन् । 

भारतीय सुरक्षाफौजको ज्यादतीको विरोधमा बिहीबार बिहान  नेपालीहरु सीमा बन्द गरेर विरोधमा उत्रिदा झडप भएको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved