प्रभु इन्सुरेन्सको ५० प्रतिशत हकप्रदका लागि बुकक्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 10, 2017 | 01:25:33 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु इन्सुरेन्सको ५० प्रतिशत हकप्रद सेयरको लागि बुकक्लोज मिति तय भएको छ ।   इन्सुरेन्सको फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले चैत ६ मा सेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको हो । चैत ५ सम्म कायम शेयरधनीले हकप्रद प्राप्त गर्न सक्ने छन् । 

धितोपत्र बोर्डबाट  ५० प्रतिशत हकप्रद सेयर निस्कासन गर्न अनुमति पाईसकेको छ । कम्पनीले  १९ करोड २५ लाख सात हजार आठ सय ८१ रुपैयाँको १९ लाख २५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने लागेको हो । हकप्रद निष्काशनको लागि प्रभु क्यापिटल लिमिटेड  बिक्री प्रबन्धक तोकिएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा इन्स्योरेन्सको चुक्ता पुंजी ३८ करोड ५० लाख रहेको छ ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रभुले २ करोड ९२ लाख  नाफा आर्जन गरेको थियो  ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved