भारतीय सुरक्षाबलको ज्यादतीबिरुद्द कैलालीमा प्रदशन, सरकार मुकदर्शक बनेको आरोप

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 10, 2017 | 10:56:01 PM मा प्रकाशित

laxmi  sunrise bank

आफ्नो नागरिकको हत्यामा सरकार मुकदर्शक बनेको आरोप लगाउंदै कैलालीमा बिरोध प्रदशन गरिएको छ। भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) को गोलीबाट गोविन्द गौतमले ज्यान गुमाएको बिरोधमा जनलहर सडकमा उत्रिएको हो। 

 तस्विरः दिलबहादुर छत्याल

प्रदशनकारीद्वारा त्रिनगर भन्सार कार्यालयमा तोडफोड गरेका छन भने आनन्दबजार नजिकैको सीमा नाका अाज तनावग्रस्त बनेको छ। सो क्षेत्रमा करिब ८ सय नेपाली युवा राष्ट्रिय झन्डा बोकेर प्रदर्शनमा उत्रिएका छन्।

भारतीय सुरक्षाबलको ज्यादतीबिरुद्द प्रदर्शनमा उत्रिएका युवाले भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकल जलाइदिएका छन्। भारतीयले नेपाली भूभागमा सञ्चालन गरेका पसल तोडफोड गरिदिएका छन्।

सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन गाह्रो भएपछि धनगढीबाट थप सुरक्षा बल पुनर्वास पठाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम रावलले बताएका छन। उनका अनुसार ५० जनाभन्दा बढीको सशस्त्र प्रहरीका दुई टोली तथा ५० जना जतिकै नेपाल प्रहरीको अर्को टोली पुनर्वास पठाइएको छ।

पुनर्वास–८, आनन्दबजारनजिक सीमामा निर्माणाधीन कल्भर्टबारे विवाद हुँदा भारतीय सुरक्षाकर्मीले हानेको गोली लागी बिहीबार पुनर्वास–८ आनन्दबजार निवासी ३० वर्षीय गोविन्द गौतमको मृत्यु भएको हो। 

कैलालीमा गौरीफन्टा नाकामा गरिएको बिरोध प्रदशनमा अप्रिय घटना हुन नदिन प्रहरीहरुले उनीहरुलाई रोक्ने प्रयास गरिरहेको छ। उता भारतीय प्रहरीहरु सीमा क्षेत्रमा अलर्ट भएर बसेका छन।          

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved