सप्तरीको राजविराज घटनाका मृतकको संख्या ५ पुग्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 11, 2017 | 02:02:00 AM मा प्रकाशित

laxmi  sunrise bank

राजबिराजको सप्तरी घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ। स्तिथि नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलि लागि घाइते भएका इनरदेव यादवको उपचारको क्रम मृत्यु भएको हो।

पेटमा चोट लागेका घाइते इनर यादबको धरान स्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। गोलि लागि १५ भन्दा बढी घाइते भएको र घाइते मध्य केहिको अवस्था गम्भीर रहेको जनाइएको छ।

एमालेको मेची महाकाली अभियान मोर्चाले बिथल्न खोज्दा भएको झडपमा घाइते भएकाहरुको अहिले धरान स्तिथ बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ।

सप्तरी घटनाको बिरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पछिल्ला ५ दिन यता आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएको छ। मोर्चाले आज नेपाल बन्दको घोषणा गरेको छ। बन्दको प्रभाब राजधानीमा सामान्य देखिएपनि तराइ मधेसमा पनि जनजिबन निकै प्रभावित भएको छ।   
 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved