भारतीय सुरक्षा फौजको आक्रमणमा परी मृत्यु भएका गोविन्द गौतम शहिद घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 11, 2017 | 03:20:34 AM मा प्रकाशित

laxmi  sunrise bank

फागुन २६ गते कञ्चनपुरको पूनर्बासमा भारतीय सुरक्षा फौजको आक्रमणमा परी मृत्यु भएका गोविन्द गौतमलाई शहिद घोषणा गरिएको छ। व्यवस्थापिका संसदमा बोल्दै उपप्रधानमन्त्री तथा गृहमन्त्रि बिमलेन्द्र निधिले गौतमलाई शहिद घोषणा गरिएको जानकारी गराएका हुन।

गौतमको परिवारलाई क्षतिपूर्ति मार्फत १० लाख दिने सरकारले निर्णय गरेको भन्दै गृहमन्त्रि बिमलेन्द्र निधिले गौतमको अन्तेष्टि सम्मानको साथ गरिने बताएका छन। गौतमको सन्ततिको पठनपाठनको जिम्मा सरकारले लिने निर्णय गरिएको गृहमन्त्रि निधिले संसदलाई जानकारी गराएका हुन।

घटनाबारे संसदलाई जानकारी दिने क्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले शुक्रबार संसदमा भने 'घटनाको गम्भीर रुपले छानविन हुन्छ र दोषीमाथि कार्वाही हुन्छ । यसमा सरकार गम्भीर मात्रै होइन, निकै संवेदनशील छ ।’ गृहमन्त्रि निधिले संसदमा बताए

त्यस्तै फागुन २६ गते कञ्चनपुरको पूनर्बासमा भारतीय सुरक्षा फौजको आक्रमणमा परी मृत्यु भएका गोविन्द गौतमका पक्षमा ज्ञापनपत्र बुझाउन आएका  माओवादी केन्द्रको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि हस्तक्षेप स्वीकार नहुने बताए। कञ्चनपुरमा बिहीबार भारतीय सुरक्षाकर्मीको गोली लागि घाइते भएका गौतमको उपचारका लागि लगिंदै गर्दा बाटैमा मृत्यु भएको हो।    

   
 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved