खाना पकाउने ग्याँसको मूल्य बढ्यो, शुक्रबार राति १२ बजेबाट लागु 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 11, 2017 | 06:39:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले खाना पकाउने ग्याँसको मूल्य बढाएको छ। प्रति सिलिन्डर २५ रुपैयाँले बढाएको निगम प्रवक्ता सिताराम पोखरेल जानकारी दिएका छन। 

उनका अनुसार बढेको मूल्य शुक्रबार राति १२ बजेबाट लागु हुने छ। ग्राहकले यस अघि प्रति सिलिन्डर १३ सय ५० तिर्दै आएकोमा अब भने प्रति सिलिन्डर १३ सय ७५ रुपैयाँ तिर्नु पर्ने छ। त्यस्तै केहि समय अघि मात्रै पेट्रोल, डिजेल र मट्टीटेलको मूल्य बढाईएकाले अहिले यिनीहरुको मूल्य बढाईएको छैन।

इण्डियन आयल कर्पोरेशनले मार्च एक तारिखमा प्रति सिलिण्डर ३ सय १३ रुपैयाँ मूल्य वृद्धि गरी मूल्य सूची नेपाल आयल निगमलाई पठाएको आधारमा निगमले शुक्रबार ग्यासको मूल्य बढाएको जनाएको छ। 

      

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved