कर्णाली क्षेत्रमा रोकिएन हिमपात

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 13, 2017 | 05:01:48 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबारदेखि लेकाली क्षेत्र र बेंसीमा वर्षासँगै हिमपात भएपछि कर्णाली क्षेत्रको जनजीवन आजसम्म असामान्य बनेको छ। शनिबार बिहान ८ बजे खुलेको आकाश दिउँसो १ बजे पुनः बादलले गमक्क ढाकेको थियो। 

चिसोले स्थानीयवासीलाई आवतजावत गर्न सहज भएन। लामो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। सडक पक्की भएकाले छोटो दूरीका गाडी गुड्न सामान्य सुरसार गरे पनि गाडी चढ्ने यात्रु नै भेटिएनन्। पाँच दिनदेखि जुम्लामा हवाई यातायात पनि ठप्प भएको छ। आकाश मार्गबाट आएर फर्कने पाहुना जुम्लामा रोकिएका छन्। 

शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय खोलिए पनि सेवाग्राहीको आवातजावत शून्य रह्यो। व्यापार व्यवसाय तथा साना–ठूला विभिन्न क्षेत्रका उद्योग पनि तीन दिनदेखि बन्द छन्। 

हिउँले सदरमुकाम जुम्लासहित कर्णाली क्षेत्र सेताम्य छ। हावापानी फिल्ड कार्यालय जुम्लाका प्रमुख एपी चौरसियाले आज पनि बेला बेलामा बादल आउने र चिसो बढ्ने बताए। शनिबार अधिकत तापक्रम ७.८ डिग्री सेल्सियस र वर्षा ९७ मिलिमिटर भएकामा आज बिहानको न्यूनतम तापक्रम –२.५ डिग्री सेल्सियस रहेको कार्यालय प्रमुख चौरसियाले जनाए।  

त्यसैगरी सदरमुकाम जुम्लामा २०.२ सेन्टिमिटर हिमपात भएको उनको भनाइ छ। उनका अनुसार हिमपात कालीकोट र मुगु जिल्लामा कम परे पनि सबैभन्दा बढी हुम्ला, डोल्पा र जुम्लामा परेको छ। 

यी तीनै जिल्लाका उच्च भेकमा करिब चार फिट हिउँ परेको जनाइएको छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाका वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले यस यामको चौथो पटकको हिमपातले जनजीवन केही कष्टकर भए पनि किसानको मुहारमा मुस्कान छाएको बताए। माटोमा चिस्यान नभएको बेला मूलतः सबै बालीका लागि हिमवर्षा फलदायी भएको बताउँदै कँडेलले स्याउ बालीका लागि भने यो अमृत समान भएको स्पष्ट गरे। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved