हकप्रद निष्काशनको अनुपति माग्दै एकै दिन ३ वित्तीय संस्था बोर्डमा, हेर्नुस कसको कति आउदै ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 23, 2017 | 02:12:01 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार एकै दिन ३ बैंक तथा वित्तीय संस्था हकप्रद निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेका छन्। आज अनुमति माग्ने मध्ये १ बाणिज्य बैंक ,१  विकास बैंक र १ फाइनान्स रहेको छ  । 

आज  हकप्रद निष्काशनको अनुमतिका माग्दै सनराइज बैंक, गरिमा विकास बैंक र गुडविल फाइनान्सले बोर्डमा आवेदन दिएका हुन् । सनराइजले १०:३ को अनुपातमा अर्थात् हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशनको अनुमति मागेको हो । बैंकले १ अर्ब ६३ करोड ५९ लाख ६३ हजार ६ सय रुपियाँ बराबरको  १  करोड ६३ लाख ५९  हजार  ६ सय ३६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।  

त्यसै गरी गरिमा विकास बैंकले १०:७ को अनुपात अर्थात् हाल कायम चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद निष्काशनको अनुमति मागेको छ ।  गरिमाले ९० लाख ७६ हजार २ सय ९६ कित्ता हक्प्रद्को लागि अनुमति मागेको हो  ।  

यता गुडविल फाइनान्सले भने १०:६ को अनुपातमा अर्थात् हाल कायम चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद निष्काशनको माग गर्दै बोर्ड पुगेको हो । गुडविलले २७ लाख २२ हजार ५ सय कित्ता हकप्रद निष्काशनको अनुमति मागेको हो ।

हिजो मंगलबार नेपाल एसबिई बैंक ४० प्रतिशत हकप्रद निष्काशनको अनुमति माग्दै बोर्ड पुगेको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved